बाटाभरि अाेलिरहने फूल (उच्छ्वासकवता सहितकाे कवितासङ्ग्रह)सरण राई
बाटाभरि ओइलिरहने फूल (कविता सङ्ग्रह) सरण राई । बाटाभरि ओइलिरहने फूल कविता सङ्ग्रह सरण राई मोबाइल नं. ९८४२०५५२६२, धरान सम्बोधन (लक्ष्मी राईको सम्झनामा ..) तिमीले जन्माएका साश्वत माया प्रेम— स्याहार्नु छ तिमीले रोपेका सुन्दर पूmल बिरुवा विचार— गोडमेल गर्नु छ तिमीले स्याहारी सम्भालीरहेको मायालु ‘म’....स्याहार्नु सम्भाल्नु छ सबैभन्दा मुस्किल... तिमी सम्झि रुने मन बुझाउनु छ ! सुन्दर सप्तरङ्गी रङहरूले सजाएथ्यो मलाई प्रेम गगनमा साथ साथ उडाएथ्यो मलाई अझै मुटुमा छौ बस्छौ नौरङ्गी जीवनमा पनि साथ दिन्छौ साथ साथ छौँ असीम मायाले भिजाउने तिमी अजर अमर अजम्बरी छौ !! तिमी निर्मित प्रेम सागरमा पौडिरहन सकूँ पखेटा काटिए पनि तिमी निर्मित प्रेम गगनमा उड्न सकूँ तिमीले छाडेका थालेका अधुरा सपना पूरा गर्न सकूँ (तिम्रै साथ पाएर तिम्रो लागि मुस्कुराउथे, हाँस्थे) तिमी सम्झि (तिमी नभएपछि हाँस्ने कसरी ?) अझै धेरै रुन सकूँ नौरङ्गी जीवन जे जसरी नि भोग्दै बेहोर्दै जीवनको बिट मार्न सकूँ !!! ...