बाटाभरि अाेलिरहने फूल (उच्छ्वासकवता सहितकाे कवितासङ्ग्रह)सरण राई
- Get link
- X
- Other Apps
बाटाभरि ओइलिरहने फूल (कविता सङ्ग्रह) सरण राई
।
बाटाभरि
ओइलिरहने फूल
कविता सङ्ग्रह
सरण राई
मोबाइल नं. ९८४२०५५२६२, धरान
सम्बोधन
(लक्ष्मी राईको सम्झनामा ..)
तिमीले जन्माएका साश्वत माया प्रेम— स्याहार्नु छ
तिमीले रोपेका सुन्दर पूmल बिरुवा विचार— गोडमेल गर्नु छ
तिमीले स्याहारी सम्भालीरहेको मायालु ‘म’....स्याहार्नु सम्भाल्नु छ
सबैभन्दा मुस्किल... तिमी सम्झि रुने मन बुझाउनु छ !
सुन्दर सप्तरङ्गी रङहरूले सजाएथ्यो मलाई
प्रेम गगनमा साथ साथ उडाएथ्यो मलाई
अझै मुटुमा छौ बस्छौ
नौरङ्गी जीवनमा पनि साथ दिन्छौ साथ साथ छौँ
असीम मायाले भिजाउने तिमी अजर अमर अजम्बरी छौ !!
तिमी निर्मित प्रेम सागरमा पौडिरहन सकूँ
पखेटा काटिए पनि तिमी निर्मित प्रेम गगनमा उड्न सकूँ
तिमीले छाडेका थालेका अधुरा सपना पूरा गर्न सकूँ
(तिम्रै साथ पाएर तिम्रो लागि मुस्कुराउथे, हाँस्थे)
तिमी सम्झि (तिमी नभएपछि हाँस्ने कसरी ?) अझै धेरै रुन सकूँ
नौरङ्गी जीवन जे जसरी नि भोग्दै बेहोर्दै जीवनको बिट मार्न सकूँ !!!
कविता–क्रम
कुन कहाँ
१.ओइलिने फूल
२.लिएर जाने के होला ?
३.मानिस
४.समावेसी
५.फेरि मिलन हुनेछ.
६.मृत्यु बाटाभरि फुलिरहने हुन्छ
७.हामी लहर हौ“
८ यस्तै रहेछ जिन्दगानी
९.कति विवश...विवश जीवन †
१०.मानिसै हो
११.का“धको जु“वा फाल्न सकिएन
१२.देशको मुटु
१३.सक्छौ ?
१४.राजनीति
१५.डाँडाको घाम
१६.धरान
१७.के कस्तो ?
१८.तिमी र म
१९.जीवनको कविता
२०.कसिएको मुट्ठी हाम्रो हो
२१.एउटै नियती
२२.‘काम चलाउ’ जिन्दगी
२३.एउटा देशको कथा
२४अन्तिम सन्देश
२५ं.म तिमीलाई भेट्न आइरहेछु
२६.बरु बौलाएको जिन्दगी राम्रो
२७.अन्तिम प्रतीक्षा
२८.शाश्वत सुन्दरी
२९.अजम्बरी माला गाँस्नु
३०.बालक
३१.आम मान्छे
३२.गीत
३३.किम्बदन्ती यती हिमतालको
३४.मलाई मेरै गरिब तन प्यारो छ
३५.लघुअभिव्यक्ति–उच्छ्वास
३६.प्रेममै तुरिएर झर्न पाए हुन्थ्यो
३७ं.फक्रिएको थुङ्गा
३८.दायित्व
३९.फेरि फर्कि नआउने दिन
४०.यो मर्ने चोला
४१.चुरो कुरो क्षणभङ्गुरता
४२. नभएपछि बाँसुरी बिरह कसोरी बज्ला !
४३.जीवन परीक्षा
४४.म कहाँ एक्लै छु र
४५..मुस्कुराउ“न सकू“ अन्तिम क्षणमा
१.
ओइलिने फूल
चलिरहेकै थियो जिन्दगी
गुडिरहेकै,उडिरहेकै थियो जिन्दगी
कहाँ,कसरी कहिले पन्चर भयो
कसरी उड्ने मनको पखेटा काटियो
गुड्न छाडेको छ
फुल्न छाडेको छ
परिवर्तनशील उकाली, ओराली र भिराली
पछारिएर फेरि जुर्मुराएर उठ्ने, गुड्ने उड्ने
निरन्तर यात्रामा फुलिरहने
अजम्बरी होइन— ओइलिने फूल नै जीवन थियो ।
मधुपर्क पूर्णाङ्क ५०९, २०६८ कात्तिक
२
.लिएर जाने के होला ?
म यहा“ यसरी हराए“
जसरी जङ्गलमा एउटा पात
जसरी मरुभूमिमा एउटा कण
जसरी अन्तराल समयमा एउटा क्षण
एउटा कणको के गणना
एउटा क्षणको के गणना
तर, साथी
कणहरूकै थुप्रोे हो मरुभूमि
क्षणहरूकै अविरल प्रवाह हो समय
थोपाहरूकै जमघट हो समुद्र
म एउटा थोपा सुकेर जाने
एउटा कण उडेर जाने
एउटा क्षण बितेर जाने
बिम्ब हुँ कि प्रतिबिम्ब
म.....?
के लिएर आएको थिएँ
लिएर जानुपर्ने के होला
लिएर जान सकिने के होला
सबथोक यहीँ थियो
मेरो हो भन्ने भ्रम पालियो
साथी
अझै मलाई भ्रान्ति छ
आखिर, लिएर जाने के होला ?
उद्घोष वर्ष १ , अङ्क १ (२०५८)
३.
मानिस
आदर्शको आकाशमुनि
आफ्नै आफ्नै आस्था र विश्वासको धरातलमा
विभिन्न स्वार्थका छाताहरू ओढेर
मानिस अथाह मानिसको भेलमा बगिरहेको छ
मानिस अथाह मानिसको मेलामा हराइरहेको छ
रेशमको किरा झैँ
मानिस आफ्नै स्वार्थको कोकिनमा कैदी भएको छ ।
आदर्श र यथार्थको दुई समानान्तर रेखाहरू बीच
घडीको पेन्डुलमझैँ मानिस
कहिले आदर्शको रेखामा उभिएर सम्भाषण गरिरहेको हुन्छ
कहिले यथार्थको धरातलमा उभिएर
स्वार्थको बिगुल बजाइरहेको हुन्छ
मानिस कति आदर्श र कति यथार्थको समिश्रण हो
मानिस कति प्रकाश र छायाको रङ्गीन चित्र हो
मानिस कति फूल हो
मानिस कति पात हो
मानिस कति काँडा हो । अनि
आदर्शको पारसले छुँदा मानिस कति सुन हुन्छ
स्वार्थ–सिद्धिको अग्नि–कुण्डमा पोल्दा
मनिस कति डरलाग्दो फलामे हतियार हुन सक्छ
प्रेमको मायालु रापमा पग्लिएर
हिउँझैँ कति शीतल हुन सक्छ मानिस ।
मानिस अनन्त रहस्य
जीवन असीम कौतुक भइदिनाले
भोग्न रहर लाग्दो हुन्छ
जति भोगे पनि जीवनमा
नौलो आस्वादन प्राप्त भइरहेको हुन्छ
जीवन रुचिकर प्रिय हुन्छ
जीवनको पूर्ण स्वाद थाहा पाउन
हजार ययातिको जीवन पनि अपर्याप्त हुन्छ ।
सिद्धि, मोक्ष, मुक्ति
मानव मनको दिव्य आकाङ्क्षा
पक्षीझैँ उन्मुक्त आदर्शको आकाशमा
उडन चाहन्छ मानिस
शान्तिमय शीतल अनन्तमा
विचरण गर्न चाहन्छ मानिस
प्राप्ति, उपलब्धी
सफलताको साङ्गलोले बाँधिएको मानिस
प्रकृतिसँग सिंगौरी खेल्दै
प्रकृतिलाई परास्त गर्ने विजेताको सपना देख्छ
जति अघि बढन चाहान्छ
भौतिक प्रगतिको प्रत्येक लहरसित
उपलब्धिको डुङ्गा चढेको मानिस
आफ्नै अन्तर्मनको शान्तिको किनारादेखि टाढा गइरहेको हुन्छ ।
प्रेम, माया, मोह
जीवनको सर्वोच्च स्थिति
मानिस प्रेम सागरमा पौडी खेल्न चाहन्छ
स्वच्छन्द अतुलनीय गहिराइमा डुबेर
जीवन अनुभव गर्न चाहान्छ
बिलाउँदै पानीको थोपाझैँ
उत्कर्ष, समर्पण, विलयमा जीउन चाहन्छ
त्यागमा सन्तुष्टि छ
प्राप्तिमा सन्तुष्टि छ
कति त्याग र कति प्राप्तिको जोड हो मानिस
कति सुख र कति दुःखको मेल हो मानिस
मानिस कति प्रेम हो
मानिस कति घृणा हो
मानिस कति सङ्घर्ष हो । अनि
मायाले थपथपाउदा मानिस कति मानिस हुन्छ
मोहको जालमा फस्दा
मानिस कति जनावर हुन सक्छ
पेटको रापिलो भट्टीमा परेर
माकुराझैँ कति स्वार्थी हुन सक्छ मानिस ।
भोक शाश्वत यथार्थ
तृप्ति मनोहर आवश्यकता भइदिनाले
मानिस कर्मवीर भइरहेको हुन्छ
अतृप्त जिब्रोझैँ पूर्ण तृप्तिको खोजीमा
दिन रात रात दिन भौतारिरहेको हुन्छ
पूर्ण तृप्तिको बिन्दुमा पुग्न
हजार संसारको सम्पत्ति पनि अपर्याप्त हुन्छ ।
सत्य, न्याय, शान्ति
उच्च आराध्य सौन्दर्य
ब्रम्हाण्ड विजेता बन्न चाहने मानिस
आफ्नै मूल थलो पृथ्वीलाई क्षेप्यांस्त्रहरूले भरेर
अन्तरिक्षमा शासन गर्न चाहन्छ
विनाश महा विनाशको सृष्टि गरेर
अमर बन्न चाहन्छ मानिस
बारुदमाथि बसेर
आगो खेलाइरहेछ मानिस
मृत्यु थुपारेर जीवनको गीत गाइरहेछ मानिस । अनि
शस्त्र, शक्ति, सन्तुलन
मानिसको प्रत्येक ‘अहं’सित
सृष्टिभन्दा धेरै टाढा
लयहीन प्रलयको निमन्त्रणा गरिरहेछ मानिस
प्रलयको प्रतीक्षा गर्नु
बारुदमाथि बसेर आगो खेलाउनु
मतिभ्रम भएको मानिस
आफ्नै भविष्यको सुन्दरताबाट टाढा भइरहेको हुन्छ ।
आदर्शको झरीमा नरुझ्न
स्वार्थको रङ्गीन छाताहरू ओढेर मानिस
कति समयसम्म स्वार्थको कोकिनमा कैदी भएर बस्न सक्छ ?
मधुपर्क २०४७,असोज (वर्ष २३ अङ्क ५ पूर्णाङक २५६)
४.
समावेसी
फूलहरूले काँडालाई बोलाए
‘सँगै बसौँँ’भन्दै फकाए
‘म काँडा हूँ, फूलहरूसँग बस्न सक्छु र ?’
‘पातहरूसँग बसेका छौँ, काँडा बीना अधुरो भएका छौँ’
फूल, पात र काँडाहरूको सङ्गम
सौन्दय रमणीय रमाइलो रमझम
‘हो, हरियाली संसारभित्र काँडा पनि समावेसी अनुपम ।’
२०६८।८।१३, धरान
५
फेरि मिलन हुनेछ
सुरु जहा“ उही“ अन्त
अनन्तबाट आएर
अनन्तमै फर्किनु छ
आइसकेपछि धरतीमा गर्जिनु छ
जीवन दुन्दुभी बजाउनु छ
मुस्कानमा जीवन फुलाउ“दै
अनन्तमै फर्किनु छ ।
बिछोडको पीडा सह“दै गर
प्रिय, अनन्त बिछोडपछि
अनन्त कालक्रममा मिलन फेरि हुनेछ ।
लक्ष्मी सडकका कविता तेह्रौ“ सङ्कलन—२०६७
६.मृत्यु बाटाभरि फुलिरहने हुन्छ
जीवनको
माधुर्य, तृप्ति र पूर्णता खोजी गर्दै
आशाको आकाशमा उड्दै
पूmल झै“ कहिले म मुस्कुराउ“छु
पूर्ण स्वाद जीवनको लालसा बोक्दै
निराशाको पोखरीमा डुब्दै
पूmल झै“ कहिले म ओइलाउ“छु, तर फेरि
अलौकिक उज्यालोको लागि
अनन्त शान्तिका लागि
दान्को झै“ आÏनै मुटु मसाल झै“ बालेर हेर्दा
आफूभित्र एउटा विशाल भ्रान्तिको संसार देख्छु
भ्रमको रमझम परिणतिमा रमाइरहेको
भुलिरहेको म मेरो मानिस पाउ“छु आफूभित्र
जब मृत्यु बोकेर हि“डिरहेको म
मृत्यु टिप्न लालायित हातहरू पसारेर
घोप्टिन्छु मृत्यु टिप्न
तब मेरो कानमा मृत्यु साउती गरेर भन्छ
पथिक, नझुक मृत्यु टिप्न यात्रामा
नरोकिर्इं बढिरहू अगाडि जीवन पथमा
किनकि मृत्यु तिम्रालागि बाटाभरि सधैं फुलिरहने हुन्छ ।
मधुपर्क वर्ष २५, अङ्क १, पूर्णाङ्क २७६ (जेठ,२०४९)
७.
हामी लहर हौ“
असन्तुष्टि हामीभित्र
हामी अन्यायको विरोधमा
शोषणको विरोधमा उभिन्छौ“ माथा बनेर
छालहरू समुद्रको एक पछि एक
अनेक लहर भएर उभिन्छौ“ ।
भ्ुाmल्किरहेको प्रभातको रातो घाम हेरेर
हामी आफूभित्र साहसको सञ्चार गर्छौ“
फैलिरहेको हिंसाको विरोधमा
हामी मानवताको गीत गाउ“छौ“
मेची हाम्रो हो अनि महाकाली
सुस्ता हाम्रो हो
हम्रो हो लाखौं सहिदहरूको रगतले रङ्गिएको देश
हम्रो हो हजारौ“ हिमाल र पर्वतहरूले सुशोभित देश ।
श्रद्धा मुटुभित्र
नेपाल हाम्रो पुण्यभूमि हो
प्राण हाम्रो पुण्यभूमिमा चढाइने पूmल
विकासका खुडकिलाहरू एकपछि अर्को
क्रमशः चढ्दै हामी उक्लिन्छौ“ ।
रोइरहेकी आमाको आ“सु हेरेर
हामी छोराको भविष्य कल्पन्छौ“
बढिरहेको थिचो–मिचोको विरोधमा
हामी अमर सङ्घर्ष गर्छौ“
ढाकर हाम्रो हो अनि तोक्मा
खुकुरी हाम्रो हो
हाम्रो हो पसिना र रगतले मुछिएको जीवन
हाम्रो हो भोक र प्यासले रापिएको कठोर जीवन ।
असन्तुष्टि हामीभित्र
हामी अन्यायको विरोधमा
शोषणको विरोधमा उभिन्छौ“ माथा बनेर
छालहरू समुद्रको एक पछि एक
अनेक लहर भएर उभिन्छौ“ ।
जनजागृति वर्ष—१, अङ्क—१ (अशोज, २०२६)
८.
यस्तै रहेछ जिन्दगानी
जीवन
म ताक्छु मुढो
ताक्छ घुँडो ।
जिउने रहर
जान्छ गोठको बहर
आफै महादेव कस्ले दिने वर ।
जीवन— जोड, घटाउ, गुणा र भाग गर
मृत्यु— हात लाग्यो शून्य
जीवन र मृत्युको हिसाब— आखिर सब बराबर
रानी बनाउँदा कानी
यस्तै रहेछ
दुई दिनको जिन्दगानी ्र।
मानव संसार (उपन्यास) (२०६५)
.
९.
कति विवश... विवश जीवन †
जीवन.....कति विवश †
दुख्छ–सहन्छ
रुन्छ, चित्कार–क्रन्दन गर्छ, तर
दुखाइ थिचाइ पिसाइदेखि
फुत्केर भाग्न सत्तैmन
चेपिएर चेप्टिएर थिचिइएर पिसिएर चोइटिएर
विकल व्याकुल व्यथित थकितथकित
उन्मुक्तिका लागि चित्कार गर्छ, सुस्केरा छाड्छ
तर फेरि.... उम्केर भाग्न सत्तैmन, अनि
दुख्छ सहन्छ छटपटिन्छ
निर्मोही निर्दयी अपार असार संसारभित्र
कति विवश...विवश छ जीवन †
लाग्छ यस्तैजस्तै जीवन दोहो¥याएर भोग्न पाए
तर, हाय † पुनः प्राप्त नहुने ‘एकबारको जूनी’
च्च..च्च...दुर्लभ अनमोल मायालु क्षणभङ्गुर जीवन ††
कति विवश....विवश ,विवश छ जीवन †?
लक्ष्मी सडकका कविता पन्ध्रौ सङ्कलन—२०६९
१०.
मानिसै हो
मानिसले कस्तो कस्तो कति लामो खाल खालको साहसिलो बलियो बलियो डोरी बाट्न सक्छ
त्यै डोरीले समस्त विश्व बाँधी जता चाह्यो त्यतै त्यतै अगाडि पछाडि हाँक्न सक्छ ।
त्यो मानिस होइन कि क्या हो सानै बाधा व्यवधान सानै समस्याहरूदेखि तर्सिन थाल्यो
समाधानको बाटो खोजी उन्नति उकालो चढ्नु सट्टा घाँटीमा पासो बाँधी आत्महत्या गर्ने कुरा पो सोच्न थाल्यो ।
मानिसले त अनेकौँ युक्ति निकाली मुक्तिका लागि वीरतासाथ निरन्तर अविचल सङ्घर्ष गरिरहन्छ
थाक्तैन कहिल्यै सङ्घर्षको आँधी बेहेरी हुण्डरी ल्याई कठिनाइ मुस्किल धुलोका कणझैँ फुरुरु... फुरुरु .उडाइदिन्छ ।
मानिसै हो थाक्तैन कहिल्यै हार्न जान्दैन विजयश्रीको माला पहिरिन निरन्तर अविरल अगाडि बढिरहन्छ
हतास निराश निरीह नभई साहस उत्साह सक्रियताले सब सांसारिक सौन्दर्य स्वाद सन्तुष्टि रसपान गरिरहन्छ ।
मानिसले कस्तो कस्तो कति लामो खाल खालको साहसिलो बलियो बलियो डोरी बाट्न सक्छ
त्यै डोरीले समस्त विश्व बाँधी जता चाह्यो त्यतै त्यतै अगाडि पछाडि हाँक्न सक्छ ।
मानव संसार (उपन्यास) (२०६५)
११
का“धको जु“वा फाल्न सकिएन
थाप्लाको नाम्लो
का“धको जु“वा र गधाहाको बोझ
फाल्न सकिएन
साना छिद्र, छिद्रहरू जीवनका÷ मनका
ठूलै भ्वाङ भइसकेको छ
टाल्न सकिएन
एक मुी प्राण धान्न
चरो भइयो, मुसो भइयो
गोरु भइयो, गधाहा भइयो
हात्ती हुन सकिएन
सिंह बन्न सकिएन
थाप्लाको नाम्लो, का“धको जु“वा फाल्न सकिएन
भन्न त भनियो एकै पेट हो, तर.... राम्ररी पाल्न सकिएन ।
२०६४।२।२३, धरान ।
१२.
देशको मुटु
आज देश
केही ठूला टुक्राहरूमा विभाजित छ
जुन प्रत्येक टुक्राहरू एक एक ठूला–बडाको भागमा परेको छ
अंश–बन्डा
धनको भाग–बन्डा यसरी भएको छ कि
लाग्छ, देश ठूलो पाउरोटी हुन गएको छ
जसले जति ठूलो टुक्रा निल्न सक्छ, निले हुन्छ
जो जति धेरै मोटाउन सक्छ, मोटाए हुन्छ
जसले जति धेरै चुडाएर बेच्न सक्छ, बेचे हुन्छ.
मोटाउने, निल्ने र बेच्ने क्रममा
देश जीवित भएर बा“च्ने भए यस्को मुटुमा
प्रत्येक टुक्राका प्रत्येक ठूला–बडाले एक एकवटा पिन घोप्दै
देशको मुटुलाई छिया छिया पार्दा निस्केको आवाजस“गै
आÏनो वीरत्व, पुरुषार्थ र साहसको गीत गुन्जाउने थिए
जुकाले झै“ देशको रगत चुसेर आÏनो महानताको बिगुल बजाउने थिए
आÏनो चातुर्य, विवेक र देशप्रेमको तथाकगित इतिहास
देशको मुटुबाट बगेको रगतले लेख्न लगाउने थिए
अनि, टि. बी. र क्यान्सरले खाइसकेको देशको छातीमाथि उप्र“mदै
ताण्डव नृत्य गर्दै
जसको भाग उनीहरूले लुटेर खाए
जुन देशवासीहरूलाई चुसेर खोस्टो भ“ंंंंंंंंंंंंंंंंंंंंंंंm“ै बनाए
उनीहरूको विरुद्ध जहिले पनि
जस्तो सुकै अस्त्र–शस्त्रको प्रयोग गरेर लड्न परे पनि
युद्धको एकतर्फी घोषणा गर्दै
देशको मुटुमा घोपिएको पिन हातमा उजाउ“दै
लाखौ“ पीडित मुटुहरूमा घोप्न जाइलाग्ने थिए
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंलाखांंैंंंंंंंंंंं“ शोषित मस्तिष्कहरूमा हमला गर्न जाइलाग्ने थिए
लाखौ“ शोषित हातहरूलाई वशीभूत पार्न जाइलाग्ने थिए
फलस्वरुप, लाखौ“ मुटुहरूबाट बगेको रगतले
लाखौ“ मस्तिष्कको ताला फुटेको आवाजले
लाखौं वशीभूत हुन नसकेको हातहरूको स्वतन्त्रताले
नयाँ बिहान जन्माई सकेको हुनेछ
नयाँ जीवन निम्त्याई सकेको हुनेछ
र त्यतिबेला, देश टुक्राटुक्रामा विभाजित हुने छैन
देशको मुटुमा पिन घोप्ने
अर्काको भाग खोसेर आपूm मोटाउने पद्घति रहने छैन
र, त्यस बेला—
देश, माटो, हावा, पानी सबै सबैको साझा भइसकेको हुनेछ
सबै देशवासीको मुटु देशको साझा मुटु भइसकेको हुनेछ
सबै सबैको रक्तको साझा थोपा भइसकेको हुनेछ ।
उत्साह पूर्णाङ्क ४८ (२०४४)
१३.
सक्छौ ?
मरिसकेपछि
जति पटक मार्न सक्छौ, मार !
मरिसकेपछि
जति पटक मारे पनि हुन्छ
तर...बाँचेको बेला...
मृत्युले निल्न आँटेको बेला
अन्तिम क्षणमा
अतृप्त जीवन प्यास... मेट्ने लालसा
बाँच्न मन लागिरहेको बेला
सक्छौ भने एक दिन
सक्छौ भने एक घण्टा
सक्छौ भने एक मिनट
एक पल बढी बाँच्न मदत गर !
एकै पल बढी बचाउन. सक्छौ ?! विचार । विचार ।
२०७४ अशोज ७, धरान
१४.
.राजनीति
संवेदनशील रोबोट हामी
स्वचालित भएको भ्रम पाल्छौ“
उफ्रन्छौ“, नाच्छौ“ र अनेक स्वर कराइरहेका हुन्छौ“
रिमोट कन्ट्रोलबाट सञ्चालित हामी
स्वतन्त्र, सक्रिय र सिर्जनशील भएको भ्रम पाल्छौ“
रिमोट कन्ट्रोल कस्को हातमा छ ?
कसरी परिचालित भइरहेका छौ“ ?
थाहा नभएर— राजनीति गरिरहेको भ्रम पाल्छौ“ ।
भ्रमको खेती गर्न सक्नु
टाउका टाउकामा टेकेर भ¥याङ उक्लन सक्नु
आदर्श र सिद्धान्तको मकुन्डो भिरेर
अवसरवादको भकुन्डो खेल्न सक्नु
कालोलाई सेतो देखाउ“न सक्नु
सब्जवाग देखाएर धेरैलाई बेवकुफ बनाउ“न सक्नु
हिप्नोटिज्मं ंनिर्लज्जता
हिप्नोटिज्मंनिर्लज्जता रिमोट कन्ट्रोल
फोहोरी राजनीति हो— राजनीति ।
हिमालझै“ स्वच्छ, कञ्चन र अडिग
निष्कपट, स्वार्थरहित, तरल तर सबल
जनसमर्पित–समर्थित जहा“ छल हु“दैन
जनता, राष्ट्र र विकासको निम्ति
स्पष्ट, सुन्दर र सा“चो
प्रिय राजनीति हो— राजनीति ।
समष्टि वर्ष–२२, अङ्क ५ (२०५८ चैत्र–वैशाख २०५९)
१५.
डाँडाको घाम
(७० काटेकाहरूको कविता)
कोहि सधैं यहाँ बसिरहेको थाहा छैन
गइसकेपछी गएको फर्केको थाहा छैन
जानेहरूले छाडेको सम्बृिद्ध ढकमक्क छ
त्यसमा सुनौलो सुगन्ध थप्ने तिम्रो दायित्व छ !
डाँडाको घाम तिमी अझै उज्यालो छर
७० काटेको जीवन तिम्रो कहाँ छ र
सृष्टिका अनेक अनेक रङ क्यानभासमा छर
रुँदै हैन हँसाउदै हाँस्दै बिदा लिने तिमी छौ वीर !
२०७४ असार ७, धरान
१६.
धरान
जसलाई केही दिन्छे
उसबाट केही पाउ“दिन
जसबाट केही पाउ“छे
केही दिन नसकी लज्जित हुन्छे
दिने र पाउने
मोलतोलको व्यापारमा
धरान
इनरुवा भएर निर्लज्ज शासन गर्न सक्तिन
पोखरा भएर
रूपको खेती गर्न सक्तिन
विराटनगर भएर
सत्तामा पुग्न नसकेकी धरान
कुल्चिने पाइला भएकी छे
कुल्चिइने पाइताला भएकी छे ।
जसले जति कुल्चे पनि
बा“चिरहेकी छे
बा“चिरहेकी हुन्छे ... मायालु धरान †
लक्ष्मी सडकका कविता बाह्रौ“ सङ्कलन—२०६६
१७.
के कस्तो ?!
खुम्चिँदा–खुम्चिँदा सानो शुक्ष्म अदृश्य अगोचर भएछु
फैलदाँ भने ब्रमाण्ड भन्दा नि ठुलो अपार विशाल हुन्छु
हुनु पर्ने मैले कस्तो हो ? अगोचर कि अपार ?!
खोज्दाँ आफैलाई आफैभित्र सग्लो सुन्दर चम्किलो हिरा पाउँछु
खोज्दा बाहिर सांसारिकतामा रोईरहेको बबुरो बालक भेट्छु
हो म के ? हिरा कि किरा ? कि हृदय परेको चिराचिरा ?!
२०७४ चैत १३, धरान
१८.
तिमी र म
एक दिन
तिमी र म स“गै थियौ“
कल्पना गरिरहेका थियौ“
हामी युग–युगान्तरसम्म स“गै हुनेछौ“
एउटा सुगम, सुनौला, मनोहर संसारको सृष्टि गछौ“
अठोट गरेका थियौ“÷ तर
युगको स्वार्थी वातावरणमा कसरी हामी छुट्टिएर
एउटाले अर्कोलाई भेटनै नसक्ने दुई किनार भएर छुट्टियौ“
छुट्टियौ“ अनि अहिले
तिमी बतासमा टेक्छौ
आकाशलाई मात्र हेरेर अक्कासिने उद्देश्य राख्छौ
म भुइमै टेकिरहेको छु,÷अनि
भुइमै बा“चिरहने साधारण मानिस हुन पुगेको छु ।
तिमी महानता बोधमा
महान् महान् कुराहरूले जेलिएर बस्छौ
हुन सक्छ भने म जस्ता कैयौ“ निमुखा साथीहरूको
का“धमा चढेर आकाशको फल टिप्न खोज्छौ
कुराहरूमा स्वर्गको निर्माण गर्छाै
कुराहरूमा सबै दरिद्र शोषितहरूको मित्र बन्छौ
हुन सक्छ भने सबैको फेरि शोषण गर्छौ
कुराहरूमा ए † मेरा मित्र
तिमी कति महान् देखिन्छौ
तिमी हामी जस्ता भुइमा टेकेर उभिनेहरूलाई
गिल्ला उडाएर बुझ्पचाएर हा“स्न सक्छौ
म कसरी भनु“ तिमी आकाशमा उडिरहेछौ
माटो छोडेर हावामा फुल्ने प्रयत्न गरिरहेछौ
तिमीलाई थाहा हुनुपर्ने हो
आकाशमा उड्नेहरूलाई पनि भुइमै फेरि ओर्लनुपर्छ
माटोमै प्रत्येक पूmलहरूले फुल्नुपर्छ !
नक्कली दाह्रा नङ्ग्र्राको खोजीमा तिमीले
मलाई÷ म जस्तै हजारौ“ मानिसहरूलाई बिर्सेर
नक्कली बाघ हुने प्रयत्नमा तिमी लागिसकेका छौ
अनि मलाई पनि नक्कली बाघ हुने सल्लाह दिन्छौ
हुन सक्छ भने मलाई नै ढाल बनाएर
तिमी नक्कली लडाइ“ जित्न चाहान्छौ
त्यसैले तिम्रो आ“खामा
म एउटा सिपाही मात्र हु“
तर म आÏन“ै पाखुरीमा÷ आत्मा सम्मान सा“चेर
माटोमै माटोकै प्रेम गरेर बा“चेको छु
हा“सेको छु ÷ रोएको छु माटोको प्रेमले
म आकाश हेर्दिन“ अनि आकाशमा उडने
नक्कली पखेटा मलाई चाहि“दैन
म मर्छु आम मान्छेहरू मरेको माटोमा
बा“च्नेछु तिनीहरूको दुःख सुखमा
मलाई फुल्न आकाश होइन
मेरै पसिना रगत आ“सुले भिजेको माटो चाहिन्छ
माटोमै मेरो रहरको ÷ मेरो बलिदानको
संसार छ ÷ जीवन छ ÷ अनि
माटोकै निम्ति मेरो यो जीवन समर्पण छ ।
तिमी र म
कुनै समयमा संयोगले भेट भएका
दुई किनार हौ“
अब छुट्टिएका छौ“
तिमी तिम्रो बाटोमा हि“डछौ
म मेरो बाटामा हि“ड्दै हुनेछु
जब हाम्रो भेट हुनेछ
पुरानो चिनजानको कुनै अर्थ हुने छैन
हामी संग्राममा डट्नेछौ“
हारजित निश्चित छ
सत्य र न्यायको पक्षमा लडने मेरो जितसित
अन्याय र अत्याचारसितै तिम्रो नाश हुनेछ ।
अक्षलोक वर्ष २ अङ्क १ (२०३९)
१९.
जीवनको कविता
जब अग्घोर निरास हतोत्साहित हुन्छु
सहाराको धर्सो, एउटा सानु उज्यालो
मन अडेसो लाग्ने कुनै बिसौनी
कहिँ कतै देखिन छोड्छ
तब फूलहरु भए ठाउँ जान्छु
मुस्कुराउँदै गरेको उनीहरुका स्वागतमा
सबैसबै सांसारिक दुःख वेदना दर्द सब बिर्सन्छु
आनन्द मोहकता सौन्दर्यमा रमाएर
आपूm समेत आफैलाई पनि बिर्सन्छु
मात्र सम्झिरहन्छु— जिउँदो छु, जिउदो रहुन्जेल
फूलहरुबाट आनन्द मोहकता सौन्दर्य
पैंचो लिएरै भएपनि हाँस्नुपर्छ, बाँच्नुपर्छ !
— — —
कति पटक लडेँ
थाहा छैन मलाई
जति पटक लडे पनि
उठेर बढनु पर्छ
सम्झाउँदै हिडायो जीवनले मलाई
तसर्थ पनि, मभन्दा ठूलो जीवनै हो
जसले बाँच्न सिकायो दुःखमा पनि मलाई
बाँच्नु भन्दा ठूलो केही छैन है भाइ
धन्यवाद दिन्छु यसरी सम्झाउने प्यारो जीवनलाई !
हाम्रो चौकिबारी (चौकिबारी समाज हङकङको मुखपत्र) २०७५, पुस
२०
कसिएको मुी हाम्रो हो
भा“चिएको पाखुरा हाम्रो होइन
कसिएको मुी हाम्रो हो
अनि
पानी जस्ता पातला पूर्व कथाहरू हाम्रा होइनन्
रगतले रङ्गिएको बाक्लो इतिहास हाम्रो हो ।
मात्र आकाश हाम्रो होइन
यसभित्रका हरिया धरतीहरू
असंख्य ताराहरू
अनि
आ“सुमा डुबेका
हरेक मुटुहरू
अनेक फराकिला छातीहरू हाम्रा हुन् ।
मात्र भावुकता हाम्रो होइन
कठोर व्यवहारिकता हाम्रो हो
अनि धुवा“ जस्तो उडेको अस्तित्व हाम्रो होइन
ज्वाला भएर बलिरहेको जिन्दगी हाम्रो हो ।
मात्र खरानी हाम्रो होइन
यसभित्र भएका मसिना झिल्काहरू
हामी भुल्दैनौ“
सल्किरहेका कोइलाहरू, फिलिङ्गाहरू
जल्दाबल्दा ज्वालाहरू हाम्रा हुन्
पूmलका राता किरणहरू
हिउ“द वर्षमा रुझेका कलिला मुनाहरू हाम्रा हुन् ।
भ“ाचिएको पाखुरा हाम्रो होइन
कसिएको मुी हाम्रो हो
अनि
पानी जस्ता पातला पूर्व कथाहरू हाम्रा होइनन्
रगतले रङ्गिएको बाक्लो इतिहास हाम्रो हो ।
पञ्चामृत अङ्क ११–१२ (कार्तिक–मार्ग, २०२६)
२१.
एउटै नियती
युग चेतना सभ्यता समस्या सपना एउटै
साझा मात लात चोट वेदना एउटै
एक छाक पाए एक दिन बाँच्ने मजस्तै पिरोलिएको तिमी
माया गर्नुपर्ने, सक्दिनँ, इष्र्या गर्छु समकालीन भएकैले तिमी !
भाग भोग शोक रोग शिक्षा साधना एउटै
साझा औषधी विष उपचार यातना एउटै
पाए उपचार केही दिन बाँच्ने मजस्तै सर्वसाधारण तिमी
मिल्नुपर्ने, सकिदैन, जुध्दै मर्छौ ‘अन्धा जनता’ भएकैले हामी !
ढाँट झुठ फरेव धोका जालझेल जेलनेल एउटै
साझा राजनीति विचार शिद्धान्त नीति एउटै
असल भए राजनीति रमेर बाँच्न सक्ने हामी
फोहोर राजनीतिकै जालमा परी छट्पटिएर रुँँदै मर्ने नियती !
२०७३ बैसाख १४, धरान
२२.
‘कामचलाउ’ जिन्दगी
‘हा“केको
ताकेको पुगोस् !’
पिता पुर्खाको आशिष
खै के नै पो पुगेको छ र !
चाहेको सोचेको मागेको
के नै पो पाइएको छ र !!
मरिमरि बाँच्नु परेको छ
बाँच्नु पनि अब त ‘काम चलाउ’ भइसकेको छ
‘काम चलाउ’ जिन्दगी
यस्तै हो भने, साथी
अब केलाई पो बाँच्नु परेको छ !?
यसो भन्दैमा पनि, तर....
जीउन पाउने हकदावी म छाड्दिनँ
धीत मरुन्जेल ओडिरहन्छु यो जुनी थोत्रो लुगाझैँ
चित्त बुझुन्जेल बोकिरहन्छु यो जिन्दगी ढाकरझैँ
र, मेरो प्यारो साथी
यो एकबारको जुनीको तमसुक म च्यात्दिनँ
जति थाके पनि थाकेर जीवनदेखि
जीवनको राजीनामा पत्र म लेख्दिनँ ।
( कतिसम्म रहन्छ प्राण जीउनु भोगिरहन्छु
जतिसम्म चल्छ, चल्छ जिन्दगी ठेलिरहन्छु
आफ्नो अंशभागमा परेको जे जेछन् मजीउनु झेलिरहन्छु !)
२०७० फागुन १६ शुक्रवार, धरान
२३.
.एउटा देशको कथा
विश्वको मानचित्रबाट
एउटा राज्य हरायो÷ मातृभूमि हरायो
त्यस देशका देशवासीहरू घरबारविहीन भए
आÏनो देशबाट अर्को देशमा लखेटिदै शरणार्थी भए
अकल्पनीय दुःख, यातना, अत्याचारहरू सहदै गए
तापनि
त्यस देशका देशवासीहरूको हृदयमा
उनीहरूको देश हराएन
अझ प्रज्वलित भएर त्यो देशको उदय भयो
अझ शक्तिशाली भएर त्यो देश स्थापित भयो ।
जिउ“दै उनीहरूलाई जलाइयो
गोली, संगीन, बारुद र बमद्वारा मारियो
निहत्था असहाय बालक, वृद्ध र आइमाइहरूमाथि
इतिहासमा हु“दै नभएको अमानवीय अत्याचार गरियो
तापनि
आक्रमणकारीहरूले उनीहरूको देश जित्न सकेनन्
अझ प्रज्वलित भएर त्यस देशको उदय हुन्छ
अझ शक्तिशाली भएर त्यो देशको स्थापना हुनेछ ।
विश्वका न्यायिक आ“खाहरूले उनीहरूलाई हेरिरहेका छन्
विश्वका न्यायिक हातहरूले उनीहरूलाई साथ दिइरहेका छन्
उनीहरूको प्रत्येक रगतको थोपा
बमभन्दा शक्तिशाली भइरहेको छ
उनीहरूको प्रत्येक पीडाको चित्कारमा
विश्व जनमत उनीहरूको पक्षमा हु“दै गइरहेको छ
अनि
जति सुकै गरून् आक्रमणकारीहरूले
जति सुकै निर्लज्ज भएर अत्याचार गरून् आक्रमणकारीहरूले
उनीहरूको हृदयमा जीवित देशले
उनीहरूलाई अझ संगठित गर्दै लगिरहेछ
अनेक दुःख, पीडा र कष्टमा विचलित नहुन
विश्व जनमतले सिकाइरहेछ
र, आजका मानिसहरू भनिरहेछन्—
उनीहरूको राज्यको पुनःस्थापना हुनैपर्छ
उनीहरूको राज्यको पुनःस्थापना हुनेछ ।
अक्षलोक वर्ष २ अङ्क २ (प्यालेस्टाइनी विशेषाङ्क,२०३९)
२४.
अन्तिम सन्देश
वाक्य बसिसकेको छ
बोल्न त के
ओठ समेत चल्न सकेन
इशारा गर्ने सामथ्र्य छैन
मुन्टो घुमाउन नसक्ता
नानी आ“खाको घुमाएर, हेरेर
आ“सु झार्न चाहन्छ होला
जीवनले साथ नदि“दा
आ“सु आ“खामा जम्न सकेन
आ“सु समेत झार्न सकेन
अन्तिम क्षण–अन्तिम बेला
कठैबरा † बिचरा ††
अन्तिम सन्देश भन्न सकेन ÷बोल्न सकेन
संकेतले पनि व्यक्त गर्न सकेन ...च्च..च्च...
अन्तिम बेला अन्तिम सन्देश छोडन सकेन ।
जततउस्ररकबmबपबष्लिकबजष्तथब।अयmरष्लमभह।उजउरुकजयध.मभतबष्७िबचत ष्म.द्दछज्ञघ
२५
.म तिमीलाई भेट्न आइरहेछु
प्रतीक्षामा तिम्रो
तिमी आउ“छौ भनेर
चौतारीमा, भञ्ज्याङमा, छहारीमा, अनि
गोरेटो, दोबाटो र चौबाटोमा पर्खिबसे“ ।
शरद बित्यो
ग्रीष्म र वसन्त बित्यो
नया“ पालुवा, मुनामा फूल फुल्यो
फक्रिएर झ¥यो
पर्खिबसे“, पर्खिरहे“ भावुक प्रेमीझै“
मूर्ख भएर मैले तिमीलाई पर्खिबसे“
मौका पर्खिरहने म मूर्ख भए“
त्यसैले
अब म सचेत भएको छु
कायर मौका पाउ“दा पनि चुक्दछ
मूर्ख मौका कहिले आउ“छ भनी पर्खिरहन्छ
पौरखी मौका नपर्खि निरन्तर बढिरहन्छ
प्राप्ति सबथोक होला
प्राप्ति सबथोक नहोला
जे होस्
जीवनको जय होस्
प्रतीक्षामा जीवन गुजार्नुभन्दा
म तिमीलाई भेट्न आइरहेछु
सक्छौ भने, बरु
तिमी पनि अगाडि सरेर आऊ ।
लक्ष्मी सडकका कविता (छैठौ“ सङ्कलन) २०५३
२६.
.बरु बौलाएको जिन्दगी राम्रो
मान्छे जीवनमा
एकपटक पक्कै बौलाउ“छ
बौलाउ“दा— ऊ कवि बन्न सक्छ
बौलाउ“दा— ऊ प्रेमी बन्न सक्छ
बौलाउ“दा— ऊ अपराधी बन्न सक्छ
ऊ के बन्छ÷ बनेको हुन्छ, र
बौलाहापन कति अवधिसम्म रहेको हुन्छ
त्यो उसको सा“चो जिन्दगी हुन्छ †
बैलाहापन
कसैको जिन्दगीभर रहन्छ
कसैको केही समयमात्र
बौलाहापन समाप्त भएपछि
मानिस
गोरुझै“ गृहस्थीमा जोतिन पुग्छ
गधाझै“ काममा जोतिन्छ
पिसिन्छ व्यावहारिक चक्कीमा
विचरा मानिस † सास फेर्ने फुर्सद कहा“....?
फुर्सद छैन
नदीनाला खोलाहरूको कलकल सुन्ने
पूmल, पुतली र प्रकृतिको रङ्गीचङ्गी हेर्ने
प्रेममा गाइएका गीतहरू सुन्ने
आउ“दा पि“ढीका लागि एउटा शृङ्गारिक पूmल रोप्ने
धिक्कार त्यस्तो कहालीलाग्दो
करुणाजनक हृदयविदारक जिन्दगी मान्छेको
मरेसमान त्यस्तो जिन्दगीभन्दा
बौलाहापनले पोतिएको जिन्दगी राम्रो
किनकि
जीवनमा एकपटक बौलाउ“ने छुट सबैलाई हुन्छ ।
सारांश अङ्क ५ (२०६७ वैशाख–असोज)
२७.
अन्तिम प्रतीक्षा
प्रतीक्षामा रहेका परिचितहरूले
सुन्नासाथ लेखे फेसबुके भित्ताहरूमा
अन्तिम पटक— हार्दिक भावपूर्ण श्रध्दाञ्जली !
कति सजिलै लेखे
आत्मिय असल मित्र थिए
धुमधाम गुण गाउँदै तस्वीर पोष्ट गरे
अन्तिम पटक एक्कासि मरिसकेको मान्छे
महान् भयो । पत्यारिलो भयो । श्रध्दालु भयो ।
ऊ जिउँदो हुँदा
उसले भोगेको दुःख कसैलाई थाहा भएन
उसको सानो उन्नतिमा कसैको साथ थिएन
मरिसके पछि सबैको प्रिय भएको छ
श्रध्दाञ्जली वर्षाले रुझ्दै छ
जिउँदा हुँदा नपाएको श्रध्दा माया साथ
जति नै उर्ले पनि मरिसकेपछि के काम ?
उछिन पाछिन दौड जीवनको
मृत्यु छ प्राणसँग सधंैं टाँसिएको
उछिनपाछिनमा उछिन्नेलाई इष्र्यावश बधाई भनिएन
जिउँदो भईन्जेल जिउँदाको अस्तित्व मानिएन
जिउँदा हुन्जेल साथ माया भरथेग नदिनेहरू हो !
मरेपछि दिइने त्यस्तो श्रध्दाञ्जली मलाई चाहिएन
अहिले जिउँदालाई सानो मुस्कान देऊ
फूलको मुस्कुराहट पैँचोमै भए पनि लेऊ
बाँचुन्जेल मायालु मुस्कान जिउँदालाई बाँडि देऊ !
२०७८ असार २०
२८.
शाश्वत सुन्दरी
लाली, पाउडर, लिपिस्टिक
मह“गो परिधानमा सजिएकी
फूलदानीको फूल झै“ हुन खोज्ने— कोमलाङ्गी
घामको तापले सुन्दरता ओइलिन्छ भन्दै
एयर कन्डिसन कोठामा
फिल्मी पत्रिका, टि. भी र भी.डि.ओ. हेर्दै
परजीवि भइ लोग्नेको कमाइमा रजाइ“ गर्न पल्केकी
लोग्नेलाई भ्रष्टाचार, कालाबाजारी, तस्करी र शोषण गर्न
अभिपे्ररित गर्ने नारी
हुन सक्छे के अन्तर्मनको शाश्वत सुन्दरी ?
भोक, प्यास, तिर्खा मेट्न
शरीरको लाज एकसरो कपडाले ढाक्न
हुरी, बतास, घाम र पानीमा रुझ्दै भिज्दै
पसिनाको पोखरीमा नुहाउ“दै दिनरात
श्रममा बा“चिरहेकी नारी
हुन सक्छे के अन्तर्मनको शाश्वत सुन्दरी ?
एउटी कोमलाङ्गी देहको
मनमा अनेकौ“ कलश बोक्ने
अर्को कोमलाङ्गी आत्माको
देहमा अनेकौ“ कुरूपता देखिने
एउटी समाजमा भोग विलास मात्र देख्ने
अर्को समाजको निम्ति जीवन न्यौछावर गर्ने
यी दुई, दुई किसिमका नारी
हुन सक्छे कुन अन्तर्मनको शाश्वत सुन्दरी ?
२९.
अजम्बरी माला गाँस्नू
दायित्व दिन्छु
सक्रियता, सेवा, संयम, धैर्यसाथ
ज्यानै दिनु परे पनि हाँसीहाँसी पूरा गर्नू !
विचार दिन्छु
आस्था, विश्वास, त्याग, बलिदानको
सतत संङ्र्षशील सुन्दर जीवन गुजार्नू !
उत्प्रेरणा दिन्छु
सेवा, संयम, धैर्य मिसाई
सक्रियताको अजम्बरी माला गाँस्नू !
३०.
बालक
आजको बालक
भोलि राष्ट्र चालक
सही मार्ग निर्देशन
भावी विश्व उत्थान
सानो बालक
भोेलि युग चालक
युगहरूका सुन्दर युग
बालक, छिट्टै तिमी त्यहा“ पुग
पूmलको कोपिला
झलमल्ल उज्यालो होला
माधुर्य र सौन्दर्यको प्याला
पिउने पनि बालक चोला
बालक भए बेश
बन्नेछ सुन्दर देश
रमणीय परिवेश
हसिलो रसिलो सन्देश
बालक जहा“ प्रफुल्ल
बन्छ मुलुक झलमल्ल †
३१
आम मान्छे
जग सागर
पार गर्न नसकेको
हेलिएर प्राण धानिरहेको
खुइरिएर झर्ने डर
सातो हराएको जनता मार्काको
छ वा छैन बीच बा“चिरहेको
जसले पनि तर्साउन सक्ने
जसले पनि हप्काउन सक्ने
जसले पनि ठग्न र ढाट्न सक्ने
आत्तिएको, विचलित, ढुलमुलिएको
आम मान्छे
प्रतीक— पीडा, मर्म, वेदनाको
प्रतीक— कष्ट, दुःख, चित्कार र रोदनको
प्रतीक— भोक, प्यास, उपभोगको
आम मान्छे
सबैको टेक्ने पाइताला
सबै बिसाउने चौतारी
सबैले टेक्दा–थिच्दा–किच्दा–मिच्दा
वेदना पखालि नसक्नु हुन्छ
जबजब मुटु छिया छिया भईरहेको हुन्छ
तबतब उपदेश सुनिरहेको हुन्छ
त्याग, त्याग
स्वार्थ छाडेर त्याग गर †
लुलो, फितलो, हलुङ्गो
ह्ेपिएको–पेलिएको–थिचिएको
फगत पाइलाजस्तो
उचा“इ, भाव, भाषा र अस्तित्वविहीन
आम मान्छे जब छाया जस्तो सल्बलाउ“छ
जब आम मान्छे बर्बराउ“छ
सुसेल्छ सुस्केराहरू
मुटु किन छिया छिया हु“दैन ?
मगज किन छिद्रा छिद्रा पर्दैन ?
जिउ“ किन मोम भई पग्लदैन ?
आम मान्छे फलाम हो
वायु हो, वर्षा हो, इन्द्रेणी पनि हो
भोक, मोक्ष, लालसाको क्यानभास
मुटुको रगत निचोरेर रङ्गाऊ“
पसिना बगाऊ“
सडेको लास हो आम मान्छे
लुछ्््न सकिन्छ
सिध्राझै“ सुकाउन सकिन्छ
भोज भतेरमा पस्किन सकिन्छ
तर, मान्छे जस्तो सत्कार गर्न सकिन्न
र, सालिक निर्माण गर्न सकिन्न आम मान्छेको ।
गलेको, थाकेको, मातेको
नशा यथार्थको
लत जीवनको
भ्रम, दिग्भ्रम लालसाको
पखेटा फिजाएर आकाशमा उड्न चाहने
आम मान्छे
यथार्थको चप्लेटिमा बज्रिदा“
अथाह पीडा र छटपटिमा
क्रन्दन, चित्कार, पुकार गर्न थाल्छ
तर सुन्ने कोही हु“दैन, अनि
भा“चिन लागे पनि आम मान्छेलाई
भा“चि हाल्न हु“दैन
मक्काएर भए पनि राखि छोड्नु पर्ने
महŒवपूर्ण मूल्यवान मलिलो
माटो हो आम मान्छे
जहा“ जे पनि रोप्न सकिन्छ
रोपेर फलाउ“न सकिन्छ, तर
फल आम मान्छेले खानै पर्दैन
खानै पाउ“दैन, तर फेरि पनि
फल फलाउ“ने आम मान्छे हुनु पर्छ
फल फलाउ“ने आम मान्छे आ“सुमा डुब्दै
हिलो सुक्द,ै धुलो–कण सरह उडिरहनु पर्छ ।
थोरैमा पनि धेरै आनन्द
धेरैमा पनि थोरै पीडा
अ“ध्यारो उज्यालोमा हरदम मुस्कुराउ“न सक्ने
हर पल हर घडी दुखेर पनि सहन सक्ने
जस्तोसुकै सुख दुःखमा पनि जीवन धान्न सक्ने
धन्य † धन्य सर्वसाधारण आम मान्छे ††
२०५८,भाद्र
३२.
गीत
(एक)
माया नमार माया नमार, मायाको डोरीले चल्छ जीवन
माया माया मायालु माया पाउन, सधैं सधैं पर्खुला“ जुनीभरि म
माया माया पीरति जगमग उज्यालो
मायाले हुन्छ जीवन रसिलो
मान्छेको चोला यो फूलको थुङ्गा हो
डालीमा फुलेर अर्पण हुने हो
माया नमार माया नमार, मायाकोे स्वŒवले चल्छ जीवन
माया माया मायालु माया पाउन, दुःख कष्ट सहुला“ जुनीभरि म
मायालु संसार यो राम्रो पारौ“ है
सुन्दर मीठो सपना साकार पारौ“ है
मायाले हुन्छ धरती उज्यालो
बाचौ“ र बचाऔ“ माया रमाइलो ।
माया नमार माया नमार, मायाको डोरीले चल्छ जीवन
माया मायालु माया पाउन, सधैं सधैं पर्खुला“ जुनीभरि म ।
उडान युवा मनको ( इन्टरनेटमा मात्र प्रकाशित उपन्यास जततउकस्ररकबचबल(चबष्।दयिनकउयत,अयmर)
(दुई)
चाहि“दैन साथ कसैको मलाई
लड्छु एक्लै म आÏनो लडाइ“
हरू“ वा जितू“ जेजस्तो परिणाम
भोग्छु रमाई लड्दै आफ्नो लडाइँ
हा“स्छु धेरै दुःख पाउछु जति धेरै
छाड्नु छ सब लानु छैन केही भरै
ज“ादा नि एक्लै जन्मदाजस्तै
रोऊ“ किन साथ पाइन भन्दै
लड्छु एक्लै म आÏनो लडाइ“
पाउनु गुमाउनु मनको हो भ्रान्ति
मुख्य कुरा त मनको हो शान्ति
पचाउछु“ धोका सब आगोले जस्तै
बेहोर्छु चोट र घाउ योद्धाले जस्तै
लड्छु एक्लै म आÏनो लडाइ“
चाहि“दैन साथ कसैको मलाई
लड्छु एक्लै म आÏनो लडाइ“
हरु“ वा जितु“ जेजस्तो परिणाम
लड्छु एक्लै म आÏनो लडाइ“ ।
(तीन)
अस्तव्यस्त छु साथी मन बिथोलीएर
मुटुको घाउ पीडाले मन गिजोलिएर
घाउ न त पाक्न सक्यो न त सुक्न नै
जाऊँ साथी कता अरू अझ बिझ्नलाई ।
बढ्यो हुक्र्यो वह तह लाग्न सकेन
पाक्छु थाक्छु बिचारी तर मन बुझेन
मनै त हो आकाशसरि विसाल रहेछ
बाङ्गोटिङ्गो जीवन भिराली खाडल भएछ ।
लड्दै उठ्दै पथ हो अघि बढ्नै पर्ने
फूल हो जीवन फुलेर ओइलिनै पर्ने
चढाउछु उपहार जीवनपुष्प पिरतीमा
माया जगमग झिलीमिली धरतीमा ।
२०६९।५।१७।१, धरान
देखेँ,
सत्रवर्षकी युवतीको काखमा सानो नानी
भीख माग्दै सडकछेउ बसेकी तिनी
भनेँ— “नानी रोइरहेछ दुध खुवाऊ”
यो “नानी होइन मेरो लोग्ने हो”
सोध्छु, “कसरी यस्तो सानो नानी तिम्रो लोग्ने”
जवाफ दिन्छे, “यो यती हिमतालको जलको फल”
“कसरी” नसोधी बस्नै सक्तिनँ
टाढा क्षितिजतर्फ हेरिरहन्छे र मलाई हेर्दै भन्छे
“हामी दम्पति
यहाँबाट हजारौं किलोमिटर टाढा हिमाल फेदीमा बस्थ्योै
सँगसँगै पचास हिउदवर्ष बितायौँ
छोराछोरी पाएर हुर्कायौँ
हुर्केपछि बचेराझैँ ती कता कहाँ गए
फर्केर आएका छैनन् ।”
“अनि तिम्रो ती लोग्ने ?” सोध्छु
“यी मेरो काखमा” काखको नानी देखाउदै भन्छे
छक्क पर्छु कस्तो उदेकलाग्दो सत्य हो वा होइन
“होइन यो सत्य हो
सुन, हामी पतिपत्नी खेतीपाती भेडापालन गरेर
हिमाल फेदिमा बस्थ्यौँ
भेडा पाठाहरू हराउदा म हिमरेखामाथि
हिमस्थानहरूमा खोज्दै तिनीहरूलाई
यतीको पाइला देखेँ
पाइला पछ्याउदै जाँदा
यती हिमताल पुगेँ
थाकेको तिर्खाएको मैले त्यसको पानी खाएँ
खानासाथ म साठी वर्षकी बुढी १६वर्षकी तरुनी भएँ
त्यही सङ्लो पानीमा आफ्नो रूप हेरेर दङ्ग परेँ
फर्किएर घर सबै बेलिबिस्तार पतिलाई सुनाएँ
पतिदेव पनि यती हिमताल गए
तीन दिनसम्म नफर्कदा खोज्दै म त्यहाँ पुगेँ
देख्छु उनी त सानो नानी भएर लडिरहेका
बढि तन्नेरी हुने लोभमा पानी धेर खाएछन्...
बोकेर सानो नानी पति म घर फर्किएँ
गाउँलेहरूले घर पस्न दिएनन्
उनीहरूले मेरा हिमतालको कुरा पत्याएनन्
बोकेर पतिलाई एक महिना हिँडेर यहाँ आएकी छु
मागेर भिख आफ्नो र पतिको गुजारा गरिरहेकी छु ।”
पत्याऊँ कि नपत्याऊँ
दोधारमा परेर उनीहरूलाई हेरेको हेरै भएँछु
मनमा सोच्न थालेछु
साँच्चै त्यस्तो यती हिमताल होला ?
साँच्चै त्यस्तो यौवन दिने हिमताल भए... !
यलम्बर (किरात राई यायोक्खा हङकङको वार्षिक मुखपत्र) अंक १५, २०७१
३४.
मलाई मेरै गरिब तन प्यारो छ
मलाई मेरै माटो प्यारो छ
मलाई मेरै यही भूमि प्यारो छ
किनकि, यही माटोले म बनिएको छु
किनकि, यह्ी भूमिमाथि म उभिएको छु
अनि, जीवन हेरिरहेको छु, संसार चियाइरहेको छु
मलाई तन दिने, मन दिने, दृष्टि दिने यो भूमि, यो माटो
मलाई सृष्टि दिने प्राण दिने यो भूमि, यो माटो अग्घोर धेरै प्यारो छ †
मलाई मेरै गरिब जन प्यारो छ
मलाई मेरै गरिब मन झन प्यारो छ
मलाई मेरै गरिब तन झन धेरै प्यारो छ
किनकि, यही गरिब जनले मलाई साथ दिएको छ
किनकि, यही गरिब मनले मैले संसार सोचेको–देखेको छु
किनकि, यही गरिब तनले मैले यो संसार भोगेको छु, अनि...
मलाई मेरै यही जन, यही मन, यही तन अग्घोर धेरै प्यारो छ †
अनि, यही जनले, यही मनले, यही तनले सिङ्गारेको यो भूमि, यो माटो
मलाई मेरै यो भूमि, यो माटो यही जन, मन र यही तन अग्घोर धेरै प्यारो छ ††
३५.
लघुअभिव्यक्ति–उच्छ्वास
(एक)
देशका लागि
भोक रोग अभाव राष्ट्रघात अन्याय अत्याचार देख्दा मुटु दुख्थ्यो
त्यस विरूध्द लड्न उम्लेको रगत उठेको मुड्की एकजुट हुन्थ्यो
सबै मुटु एकठाउँ राखी जोसिलो राष्ट्रवादी स्वर ढुकढुकि सुन्थ्यौँ
राष्ट्र जति दुखोस् सोलोडोलो मुटु नै बेचिसकेपछि अब के दुख्थ्यो ?!
— —
जिउँदा वीर देशप्रेमीहरू देशभरि छन्
राष्ट्रवादी मुटु बालेर महाज्योति छर्छन्
अखण्ड सार्वभौमिकता देशरक्षा गर्छन्
राष्ट्रिय अखण्ड एकता कायम राख्छन् ।
— —
मातृभूमि बचाउन अब सब ब्युझेका छन्
जहाँ जति जहिले लड्न मर्न मार्न तयार छन्
देशकै लागि जे गर्न गराउन तयार हामी
रहन्छ कहाँ देश अखण्ड सार्वभौमसत्ता नथामी ?
२०७७ वैशाख २७ , लकडाउन
(दुई)
धुलो
सम्झने कोही भए
आखिर रहने त्यही मात्र रहेछ
माटैमा मिल्नेको सम्झना पनि
आखिर धुलोमै मिल्ने रहेछ !
के को चिन्ता ?
धुलोबाटै आयौँ
माटोले बनेको मुर्र्ती
अन्तमा धुलोमै बिलाउँछौँ !
(तीन)
पिरलो आफैसित छ
पिरलो आफ्नो आफ्नो
पिरेकै छ, पिरलो !
पिरलो आफैसित छ
पिरेको छ कसैलाई
नुनले— नुन भुटन तरकारी झ्वाँइ पार्ने कसरी
गुणले— तिर्ने होला के गरि
सुनले— थुपारियो लुकाउने के गरि
घुनले— सर्लक्क खान थालेको छ देह
निको पार्ने के गरि
छोड्नु त पर्छ नै संसार
तर मन बुझाउने कसरी ?
भन ए मायालु ! मनको पिरलो
मन— बहकिरहन्छ... थामौँ के गरि ?!
२०७७ मङ्सिर १५,
(चार)
के बोलौँ ?
लेखौँलेखौँ, खेलौँखेलौँ लाग्दालाग्दै
लेख्दालेख्दै पेन्सिल सकिए झैँ
घस्रिदा घसिदै पनि गन्तव्य नभेटिकनै
तुरिने जिन्दगीबारे के भनौँ ?
नबुझिने मनुष्य चोला केसित तुलना गरौँ ?!
खर्च नगरी साच्न सकिने भए पो समय
फारो गरि राख्न सकिने भए पो जीवन
क्षणभङ्गुर ! विरक्तिएको मनले के खेलौँ
माया गर्दागर्दै छाडनुपर्ने धरतीबारे के बोलौँ ?!
२०७७मङ्सिर २ मङ्गगलबार
(पाँच)
देख्न नपाईने
बाचुन्जेल बाचेकाहरूले नदिने
बाचुन्जेल नचाहिने नपाईने
मरेपछि शत्रु मित्रु पत्तुरले समेत दिने
तर आफुले देख्न नपाईने
हो रहेछ है
श्रध्दाञ्जली हार्दिक भावपूर्ण रे, रे !
जिउँदो हुँदा नपाएको
माया प्रेमभन्दा ठूलो श्रध्दाञ्जली हुन्छ रे !!
देख्न नपाईने श्रध्दाञ्जली चाहिएन मलाई
सक्छौ भने देऊ अहिले नै
सम्झि बाँचेकाको अलिकति भलाई
प्रेमको फूल मनमै फुलाई
बाँचिरहेकै बेला अहिले नै है !!!
२०७७।७।१५।७
(छ)
नौरङ्गी
जोडि चराहरू
एउटा खुत्रुक्कै
बिजोडि चहचहाउन छाडेको छ
एउटाबाट अर्काे डालिमा सँगसँगै उफ्रेको
डालिहरू चहार्न छाडेको छ
सँगसँगै उडेको आकाश
पखेटा काटिएर उड्न छाडेको छ
नौरङ्गी रङमा डुबेर
जिजीविषाको अदृश्य तलाउमा
डुब्न नसकि तैरिदै छ ।
अझै आउँछ कि वसन्त... पर्खदै छ
आउँछ त ? आउँछ आउँदैन सोध्नै बेकार छ !
२०७६।६।६,विशालचौक
(सात)
नौरङ्गी तारा
उज्यालो खस्दा नखस्दा
अन्तिम टिलपिल चम्चमाउनु तारा !
अन्तिम बिसौनी पर पनि
चौतारी हुन्छ भनी
गुडिरहेछ र गुड्नु उड्नु फुल्न चाहनु नि
मिलिक्कै तुरिने नौरङ्गी जिन्दगी !
नौरङ्गी सम्झना ढुकढुकी प्यारा
अन्तिमसम्म चम्चमाईरहनु नौरङ्गी सहारा !
२०७६ फागुन ३, ओखलढुङ्गा
(आठ)
बुढेसकाल
अब मलाई कहिँ जानु छैन
किनकी मसँग जाने तागत छैन
अब मेरो कुनै गन्तव्य छैन
किनकी मसँग अब कुनै हिडाई छैन
मलाई कुनै आर्जनको इच्छा छैन
किनकी मसँग भोग्ने सामथ्र्य छैन
तापनि यो मनको तुलबुल मेटिएको छैन
जीवन के हो थाहा पाउन सकिएको छैन
जीवनको स्वाद, भोग्नुको मजा
बुढेसकाल अहा ! साँच्चै साँचो मजा !
२०७६।८।१३, धरान
(नौ)
के राम्रो ? के नराम्रो ?
“थपिदै छन्, थपिदै छन्”
म भन्छु , तिमी भन्छौ “राम्रो !”
“राम्रो, भुत्राको राम्रो
थपिदै छन् मधुमेहकासाथ उच्च रक्तचाप
हृदय रोग, थाइराइड ं आयुघट बुढेसकालका रोगहरू !”
“घट्दै छन्, घट्दै छन्”
म भन्छु , तिमी भन्छौ “राम्रो ! राम्रो !”
“भुत्राको राम्रो
घट्दै छन् जीवनका बाँच्ने दिनहरु
संसारमा प्रियजनहरुसँग बस्ने रमाइला क्षणहरु !”
“के राम्रो ? के नराम्रो ?”
म सोध्छु, तिमी भन्छौ “सबथोक राम्रो !
प्रकृतिको क्रमिकतामा— जीवहरुको जोड घटाउ
रचना, संरचना, संसार, सृष्टि, विनास
नयाँ नौलो क्यानभास
इन्द्रेणी रंगरोगन र उनको कलाकारिता राम्रो !”
२०६९ माघ ७ ,धरान
(दस)
मात जिन्दगीको
र्
भोग्दा भोग्दा जिन्दगी जति भोग्यो भोग्दै जाँदा
झन्झन् निस्कन्छ जीवन रस स्वाद पिउँदै जाँदा
पतझड निरस निस्सार निराशा छोपिँदै जाँदा
मात जिन्दगीको चढ्दै मातेरै बेहोस बेहोसी बढ्दै जान्छ ।
बलवैंश सौन्दर्य समयले साथ छोड्दा
बोतल जिन्दगीको चकनाचुर हुन्छ
मात जिन्दगीको मातेरै बेहोस मर्ने चाहना
अधुरो मात ! मात जिन्दगीको अधुरै रहन्छ ।
दोहो¥याएर फेरि जीवन थाल्न पाए हुन्थ्यो
तिमीसँगै फेरि बाँच्न पाए हुन्थ्यो
मात जिन्दगीको फेरि मातिन पाए हुन्थ्यो
मात जिन्दगीको मातेरै बेहोस मर्न पाए हुन्थ्यो !
इच्छा मनको चिहानमा पुरिन्छ सपना तुरीन्छ
मात जिन्दगीको खातैखात बातैबातमा सकिन्छ
मात जिन्दगीको जति मातियो... मातियो
सकिन्छ लाग्दालाग्दै प्यारो मात जिन्दगीको !
२०७५वैशाख १९, धरान
े
(एघार)
जीवन ...हिडिरहनु, हिडिरहनु
सांसारिक चेपुवाले थच्चाएर
पछारेर सानो घेरा बिन्दुमा कैद गर्छ
कैदी जिन्दगी, मायालाग्दो यो रमाइलो मोहयुक्त जिन्दगी
तन्काउन मिल्ने भए तन्काएरै पूरा बाँच्न पाए हुन्थ्यो
जीवन आकाशमा धित मरुन्जेल उड्न पाए हुन्थ्यो
हिडिरहनु हिडिरहनु....थाकुन्जेल हिड्न पाए हुन्थ्यो !
जीवन भन्ने एउटा पाइएको छ
जे जसरी जस्तो भए नि बाँचिएको छ
बाँच्नु ठूलो कुरा
बाँचेकैले मधुर सृष्टि सौन्दर्य छोइएको छ ।
सानो घेरा बिन्दु परिधीभित्रै भए पनि
धित मरुन्जेल उड्न पाए हुन्थ्यो
हिडिरहनु हिडिरहनु....थाकुन्जेल हिड्न पाए हुन्थ्यो !
२०७५ साउन १५, बिशालचौक
(बाह्र)
खेल जीवन खेल
जीवन खेलै जस्तो
हारजित खेलखेलैमा सकिन्छ !
मसित खेल्न चाहने तिमी
सधै जितिरहन्छौ भने
औचित्यहीन खेल तुरिन्छ
कहिले काहीँ मलाई जित्न दिएको भए
खेलिरहेका हुन्थ्यौँ
जीवन घामपानी झेलिरहेका हुन्थ्यौँ
सप्तरङ्गी झरिमा रुझिरहेका हुन्थ्यौँ !
जित्न सक्ने हुँदा पनि कहिलेकाहीँ हार्दिन्छु
र पो, तिमी खेलिरहेका हुन्छौ
हार्दैजित्दै जित्दैहार्दैै खेल्दा उत्कर्ष पुग्छ, मन छुन्छ
जितेर सधैं आँसु झराएरै छाड्यौ भने के मजा ?
खेल जीवन खेल हार नभएको जित के मजा ?!
जित्न दियौ सधैं आफू हारेर
अन्तमा यसरी हरायौ कि... गयौ सबै छोडेर !!!
२०७४।४।२, बिशालचौक
(तेह्र)
नाटक मञ्चन
नाटक मञ्चन भइरहेछ
आखिरी पर्दा गिर्न बाकि छ
हामी सबै दर्शक पात्र
खेल्छौँ कहिले कहिले हेर्छौँ मात्र !
रुन्छौँ हाँस्छौँ नाच्छौँ खेल्छौँ
खेल सम्झि दिन बिताउछौँ
आखिर दिन अन्तिम समय
देखि मनले आँसु चुहाउछौँ !
सांसारिक मायारूपि जालमा परी
व्यवहार गर्छौँ अजम्बरी सरि
जानुपर्ने हामी सबै क्षणिक पात्र
बिर्सेर खेल्ने नाटक अभिनय मात्र !
२०६३ माघ १, धरान
(चौध)
धेरै मान्छेहरू देखेको छु
आहाराको खोजीमा पशुजस्तै
चारोको खोजीमा चरीजस्तै
खेतबारी वनपाखा बगैचा–जङ्गल चाहार्नेहरू
भोक प्यास तिर्सना–तुष्टि पेट गुजारामै जीवन गुजार्नेहरू
बिचराहरू ! सुस्ताएर एकै क्षण सितल छहारीमा
जीवनको हरियालीमा सास फेर्ने फुर्सद छैन
बिसाउन नपाउने सिसीफस बज्रठिङ्गाजस्तै
भोग भोक भोजनकै घेरा परिधीभित्र
पेट गुजारामै जीवन गुजार्ने धेरै मान्छेहरू मैले देखेको छु !
धेरै मान्छेहरू जस्तै म पनि देखिदो हुँ, हुँदो हुँ
दोष कसको ? जन्मको ? जीवनको ? कि मान्छेको ?
मृत्यु पनि दोषमुक्त हुन सक्तैन... कि दोष हो मृत्युको ?!
२०६२असोज २४
(पन्ध्र)
फर्किने दिन
जहाँबाट आएको फर्कनै पर्छ त्यतै
कोही पनि सदैव रहन सक्तैन यतै
आएको कहाँबाट ? थाहा भए भन
जानेकै हो भन्दै सक्छौ मुस्कुराउँन
जहाँबाट आयौँ फर्कनु छ त्यतै
बस्न सकिने भए यतै कतै
फर्कन्थे होला जिउँदो को ?
फर्कनै पर्ने भएकैले फर्कने हो !
बिस्मात मान्ने किन
सबैको आउँछ फर्कने दिन !
२०७६ पौष २६, धरान
(सोह्र)
अधुरो कविता ?
अधुरो म
अधुरो कविता लेख्दै छु
अधुरो जीवनको अधुरो कथा सुनाउदै
अधुरो सृजना अधुरो सपना बुन्दै छु
अधुरो गीत गाउँदा गाउँदै अधुरो मृत्यु अँगाल्दै छु
मृत्यु अँगाल्दै मधुरो–अधुरो गीत गाउँदै छु
साथी ! अधुरो जीवन÷अधुरो गीत गाउँदै छु...
गाउँन मैले पुरै गीत पाउनु पथ्र्यो
लाउँन मैले पुरै प्रीत पाउनु पथ्र्यो
पाउनु पथ्र्यो पुरै सपना; पुरै सपना देख्न पाउनु पथ्र्यो
अधुरो म, अधुरो अधुरो गीत
अधुरो अधुरो प्रीत ; अधुरो अधुरो सपना
अधुरो भोग, अधुरो जीवन ; अधुरो अधुरो माया
साथी ! पाउनु पथ्र्यो पूरा पूरा
तर साथी ! पाएर ; गाएर अधुरै अधुरा
छाडेर अधुरै अधुरा
जाँदै जाँदै छु अधुरै माया ; अधुरै जीवन
अधुरै माया मारेर ; अधुरै माया मारेर
किनकी, प्रियतम, म, मेरो वशमा, वशमा केही छैन
अधुरै माया मारेर÷अधुरै माया छोडेर
जानै पर्ने,जाँदै छु अधुरै माया मारेर
जसरी गएकी थिइन् मेरी प्रियतम मलाई अधुरो पारेर
रुँदैरुँदै जाँदै छु म पनि अधुरै माया छाडेर !
·
(सत्र)
यात्रा
गाउँदै जीवनको बेसुरा गीत
हिँड्दै छु
जीवन यात्रा हो रे
गाउँदै रमाउदै हिँडिरहनु पर्छ रे !
यात्रा जति छोटो—
त्यति रमाइलो
शेष यात्रा— एकै क्षणको
र त, गाउँदै रमाउँदै हिँडिरहेको !
२०७४ असोज १४ , दसैँ , धरान
(अठार)
मोती निकाल्न मन लाग्छ
झप्झप् नझिम्काऊ न आ“खा
उसै त कमलो मन चरचरी चिरिने गर्छ
बरु तिम्रो आ“खा सागर हो सागर
त्यसैमा डुबेर मोती निकाल्न मन लाग्छ ।
२०२२,धरान
(उन्नाइस)
हाइकू
लठेब्रो बोल्दा
भा“ति नपुगे जस्तो
गद्य कविता
विदेशी बीउ
कसो नउम्रिएला
आख्यान कथा
नया“ नेपाल
सपना हुर्किएला
हो राजनिती ।
२०७०।१।१८, धरान
(बीस)
कहाँ छ ?
द्ःख नपाई मर्न सकिने
हस्पिस कहाँ छ ?
मृत्यु नभएको अजम्बरी
जीवन कहाँ छ ?
तिमीले सधैंको लागि छोडेर गईसकेपछि
तिमीलाई भेट्न आउन सकिने बाटो कहाँ छ ?
२०७८
३६
प्रेममै तुरिएर झर्न पाए हुन्थ्यो
जतिसम्म नजिकिन सक्थ्यौँ
नजिकियौँ
यसभन्दा नजिकिन बाँकि केही रहेन
छुट्टिनुभन्दा त यत्तिकै रहिरहन पाए हुन्थ्यौ
प्रकृतिको नियम गतिशील भईरहनुपर्छ रे
कि अझ नजिक कि टाढा भईरहनु पर्छ रे
यत्तिकै बसिरहन पाए हुन्थ्यौ
प्रकृति स्वभाव
छुट्टिदा हुने अप्राकृतिक दर्दनाक प्रभाव
अब नजिकिएमा घर्षण ब्लाष्ट हुन्छौँ
आफू समेत अरुलाई पनि नष्ट पार्छौ
तसर्थ जीवनको नियमानुसार छुट्टिन सक्नु
रुँदै पीडाको अतुल गहिराइभित्र डुब्न सक्नु
प्रेमको उत्कर्षमै छुट्टिन सके हुन्थ्यौ
प्रेमको चरम उत्कर्ष चुचुरा हुन्छ भने
प्रेमको असहनिय घात पीडा पनि हुन्छ
दुवै उत्कर्ष भोगेपछि प्रेम थाहा पाएँ भन्न हुन्थ्यौ
प्रेममै भिजेर गलेर तुरिएर झर्न पाए हुन्थ्यौ !
२०७८— २—१३
३७.
फक्रिएको थुङ्गा
फक्रिएको थुङ्गा शिरमा लाउने
थुङ्गाहरूको माला गाँस्ने
जूनजस्ती मायालु छैन
त्यसैले म फूल रोप्दिनँ !
मायालु नभए पनि
सम्झना छातीभरि अटेसमटेस छ
सम्झनाकै छहारीमा जीवन चलाचल छ
सम्झनामाथि फूल चढाउन
म फूल रोपिरहेको हुन्छु !
फूलको मुस्कान, मोहकता र माधुर्य
प्रेरित बाँच्नु सांसारिक जीवन सौन्दर्य !
एक पल्ट पाइने
फेरि नपाइने जीवन... फक्रिएको थुङ्गा
जत्ति बाँचिन्छ, बाँचिन्छ त्यो नै जीवन
अमूल्य–अनुपम–अमूर्त अनि चामत्कारी
अलौकिक–आनन्ददायी अनि आश्चर्ययुक्त
जति भोगिन्छ बचाइ अनि झरेर जाने
मानव जगतमा छोडिने
फुलेको फक्रिएको थुङ्गाको बास्ना
अजम्बरी शेष–अशेश अमर सम्झना !
२०७५ चैत ७, धरान
३८.
दायित्व
जन्मेपछि बाँच्नु नै छ डराएर लजाएर शिर झुकाई बाँच्नु किन
छाती फुकाई ठाडो शिर गर्वसित बाँच्नेले नै विश्व हाक्छ रातदिन
साथ दिन्छ समयले साहसिलो भई समस्यासँग जो सधैं जुधिरहन्छ
सफलता सम्मान प्राप्तिको अमूल्य ताज झलमल्ल उसैले नै पहिरिन्छ
काँडाले जति धेरै धेरैधेरै घोचे पनि वीर कहिल्यै पछि हट्दैन
अगाडि बढिरहने ऊ मारे पनि मरे पनि विचलित हुँदै हुँदैन
साहसीको छातीमा प्रेम हुन्छ प्रेमको उज्यालो झलमल्ल चारैतिर छर्छ
प्रेमको प्रकाशमा मधुर जीवन मानवताको रमणिय जगत सुन्दर बनाउछ
रमाइलो संसार उपहार हो ती त्यस्ता साहसी बुद्धिमान वीर पुर्खाहरूको
छाड्नु छ अझ सुन्दर सुन्दर धरती पारी यहि यो पिँढीको दायित्व हो ।
२०६५।२। २८, धरान
३९
फर्कि नआउने त्यो दिन
प्रभातकालिन भ्रमणमा
आशा उत्साह उमङ्गको खानी – यो ठाउँ
आइपुगेँ म कसरी ?
यसअघि आइपुगिनँ किन ?
बाँचिरहेकैले आइपुगेँ कि !
यो ठाउँ यो परिवेश
सिमसिम झरि थोरै थोरै हुस्सु
झुल्किरहेको घाम तुँवालोले छेकिएको
सितल निरव ऐकान्तिक गुपचुप उमङ्ग
प्रसन्न आत्मविभोर उत्तेजक शक्तिवान
ओसले भिजेको स्वर्णिम बाटो
हिँडिरहेँ हिँडिरहुँ लागिरहेको
प्रकृतिको काखमा पुगेको
आल्हाद रमणियता मोहकता माधुर्य मादकता
मनभरि छरिएको
सार्थकता छोएजस्तो भोगेजस्तो
सिरमाथि छाताजस्तो आकाशले छोपिएको
हिमाली लेक त होइन
तापनि हिमाली सितलताको आभाष
त्यसै त्यसै हिँडिरहु हिँडिरहुँ भइरहने
जान मन लाग्ने पर पर.. झन् पर
के होला ? के पो होला ? झन् झन् अगाडि
देख्न हेर्न छुन नयाँ अनुभूत गर्न पर.. पर
नयाँ अनुभव स्वत पाइला बढिरहने
मन— धीर कञ्चन शान्त
मनले चाहेको यस्तै हो कि
जिज्ञासा उत्साह आनन्द उमङ्ग
प्रकृतिसँग तादात्म्यता मित्रता उपहारिता
बगिरहेको कलकल पानी पर.. पर
छोउ छोउ लाग्ने मन थाम्नै नसकिने
असीम आनन्दप्राप्ति बिहान ७.०० बजे प्रभात
म बाँचिरहेको र तिनी पनि बाँचिरहेकी
सुन्दर परिपूर्ण रमणीय हामी हाँसेको बाँचेको दिन
फेरि कहिल्यै फर्कि नआउने २०६५ जेठ ३२ शनिबारको दिन !
४०
यो मर्ने चोला
सबै काम थाती राखेर बिसाइरहेको बेला
केलाउँछु के के गल्ती गरियो यो जीवनमा ?
भोकैले मरिन्छ कि डराउँदै डराउँदै बाँचियो
एक छाक खान पाए एक दिन बाँचिन्छ भनियो
एक, एक दिन तन्काएर, तन्काएर बाँचियो
एक, एक छाकका लागि रातदिन हड्डिछाला घोटियो
सजिलै गुडन नसकेको जिन्दगी बलैले तानियो
सास्ती माथि सास्ती, कहिलेसम्म तान्नु पर्ने हो ?
(जानीजानी पाप गरिएन अघाको बेला
भयो कुनै गल्तीहरु भोकाएको बेला
माफै दिनुहोला... सम्झेर यो मर्ने चोला !)
२०७३ बैशाख ८, धरान
४१.चुरो कुरो क्षणभङ्गुरता रहेछ
मेरो के छ ? को छ ?
अगाडि हेर्छु... रित्तो
पछाडि हेर्छु... खाली रित्तो
आफैँलाई पाउँछु...एक्लो एक्लो
सांसारिक यथार्थका ज्वालाले भष्म नपारेको
हावा–हुरी,बाढी–पहिरो, भुकम्पले ढाल्न नसकेको
एक मुट्ठी प्राण जहिलेसम्म रहन्छ सबथोक मसँग हुन्छ
एक मुट्ठी प्राण जोगाउनै पर्छ भनेर
थोपा थोपाहरू थोपाहरूकै खोला, नदी र समुद्रमा जोगिएको सम्झेर
मान्छे मान्छेहरूसँग मिसिन्छु
मिसिनु कति गाह्रो ? कति साह्रो ?
अगाडिकाले घचेटेर पछाडि पुर्याउछन्
पछाडिकाले ठेलेर फुटपाथ पुर्याउछन्
सर्वसाधारण आममान्छेको लहरमा उभिन्छु...सडकमा
जीजिविषाको प्रतिस्पर्धामा पेलिएर ठेलिएर पुग्छु... मसानघाटमा
म के हुँ ? को हुँ ?
मसानघाट ज्ञान दिलाउँछ
चुरो कुरो... क्षणभङ्गुरता रहेछ !
२०७२ साउन १५, सुकेधारा
४२
नभएपछि बाँसुरी बिरह कसोरी बज्ला !
म छु यहाँ एक्लै, तिमी छौ कहाँ कहाँ
रोइ रोइरहेछु मर्दैबाँच्दै, अलप सम्झना
खोला हुन्छ आँसुको पनि, थाहै थिएन
छाडेर जान्छौ कतिबेला, होसै भएन
गइसकेपछि आँसु तरेर, भेट्नै सकिनँ
हाँसेरै बाँच्छु भनेँ डुबेँडुब,ेँ तैरिनै सकिनँ
टेक्न खोज्छु भुइँ, भुइँ भास्सिइ सकेछ
उड्न खोज्दा, पखेटा काट्टिइ सकेछ
जोड्न खोज्छु मुटु, अघिनै फुटिसकेछ
भेट्न खोज्दा दिन, अघिनै डुबिसकेछ
म छु यहाँ एक्लै, तिमी छौ कहाँ कहाँ
छैनौ तिमी, तर देख्छु तिमी जहाँ तहाँ
बिथोल बिथोल, ब्यथा अब सब सकि जा
नभएपछि बाँसुरी बिरह कसोरी बज्ला !
म छु यहाँ एक्लै तिमी छौ कहाँ कहाँ
रोइ रोइरहेछु मर्दैबाँच्दै अलप सम्झना !
आलोक शृङ्खला
(२०७६ पुष १, धरान)
४३.
जीवन परीक्षा
जीवनको
हर पल हर घडी
परीक्षाको घडी
उन्न्ति, अवनति, आरोह, अवरोह
उकाली, ओराली, उज्यालो, अ“ध्यारो
प्रेम, घृणा, जीत–हार
सङ्घर्ष–सग्रामका घडी
कुन, के र को महŒवपूर्ण
टाल्सटायलाई मनमा कु“देर
जे, जे, जुन फा“टमा छ
योद्धा भइ वीरतापूर्ण लडिरहनु
डार्विन सत्य भए
लड्दै गन्तव्यमा पुग्नु जीवन हो
जीवन परीक्षामा उत्तीर्ण हुनु हो, र
जीवन परीक्षा हो
परीक्षा जीवन हो ।
जीवन परीक्षामा उत्तीर्ण हुनेहरूको भागमा
सुख, मनोरञ्जन, आनन्द, भोग, उन्नति, उचाइ, महानता
उपलब्धी, गौरव मात्र पर्छ भन्नु
अज्ञानताको भ्रम हुन सक्छ
जा“चफेल भएकाहरू पनि बा“चिरहेका छन्
सन्तोषस“ग जीवन बगैचामा पुष्प समान हा“सिरहेका छन्
सांसारिक जीवनको सौन्दर्य
सक्रियता,सेवा, संयम र धैर्य
म्ुाटुभित्र दुःख लुकाएर
मुसुमुसु मुस्कुराउने महान्
परीक्षा हो परीक्षा सधै“ जीवन ।
कहा“ छैन परीक्षा
कहा“ लिइदैन परीक्षा
परीक्षा प्रेममा लिइन्छ
घृणा पनि जा“चिन्छ
प्रेमको कति गहिराइसम्म
प्रेमी पुग्न सक्छ प्रेमिका जान्न चाहन्छे
हर पल हर घडीमा
जीवनको हर क्षण, हर दिन–रातमा
परीक्षा भइरहेको हुन्छ
परीक्षा लिनेभन्दा दिनेहरू महान् हुन्
सत्यवादी हरिश्चन्द्रजस्ता सबै कहा“ हुन्छन् र
गणितमा फेल भएका आइन्स्टाइनजस्तै
महान् मुर्ख प्रेमी भ्यान गोगजस्तै
प्रेम परीक्षामा फेल हुन सक्छौ“, र
अथाह घृणा राशी बोकेर युद्ध मैदानमा होमिन्छौ“
प्रेम नभए घृणा पनि हतियार हुन सक्छ
त्यही हतियारले जीवन–युद्ध लड्छौ“
जीत हार बहाना मात्र हो
परीक्षा दिइरहनु बा“च्ने सहारा हो ।
आऊ, जीवन यात्रामा
हातेमालो गरौ“
जहा“सम्म सकिन्छ मिलेर जाऔ“
बाटो आ–आÏनो....गन्तव्य जहा“बाट छुटिन्छ
छुट्टिनुभन्दा अगाडि
स“गस“गै बसेर प्रेम परीक्षा दिऊ“
पास फेल जे भए पनि मनको धोको पु¥याऊ“
परीक्षाको घाउ घाउ, प्रेमको घाउ घाउ
बोकेर
एक्लै एक्लै आÏनो गन्तव्यतर्फ जाऊ“
एक्लै आएको हामी
एक्लै मृत्युको काखमा जानु छ
ह“सीहा“सी मृत्युवरण गर्न सक्ने
अन्तिम परीक्षामा उत्तीर्ण हुनु छ ।
जीवन परीक्षामा सोधिने प्रश्नहरू
पूmल किन अमर हुन सक्तैन
ताराहरू किन रातमा मात्र चम्कन्छन्
के आ“सु र रगतका पनि पोखरीहरू हुन्छन् ?
उत्तर लेख्नै पर्छ
लेखौ“ मनको अमर कुनामा
मानवता, प्रेम र आस्था अमर छ
पूmलहरू नरहे पनि सौन्दर्य अमर छ
ताराहरू प्रेममा सधै“ चम्किरहन्छन्
आ“सु र रगतको पोखरीमा
जीवन परीक्षा दिने वीर योद्धाहरू पौडि खेल्छन्
सधै“ सधै“ मृदुल लयमा जीवन–गीत गाइरहन्छन् ।
२०६४ जेठ, धरान
४४.
म कहाँ एक्लै छु र ?
के तिमी एक्लै हिडिरहेका छौ ?
हो र , म एक्लै देखिन्छु
हिड्दा हिड्दै म एक्लै भएछु र हिडिरहेछु
बेसुरा गतिशील बेग्लै भएछु र बगिरहेछु
भोकाभोका, दुब्लादुब्ला युवाहरू सँगसँगै हिडेका थियौँ
खाना देख्दा झिनाझपटीमा छुट्टियौँ कि...
खान पाउनेहरूले छाडेर गए ; नपाउनेहरू पछाडि छुटे
पेट पाल्ने जीवन धान्ने बेइमानी युद्धमा
निर्मोही, निर्दयी अविरल यात्राको अन्तरालमा
म एक्लै भएँ कि... बुढो भए कि...
छट्टुहरू अगाडि गए, लाटाहरू पछाडि छुटे
अविरल यात्रा हिडाइमा म एक्लै भएँ कि...
तर खै, म कहाँ एक्लै छु र ?
मसँग हिडिरहेछन्
सुन्दर विचार, मनोरम आस्थाहरू
तीतामीठा अनुभूति, समयका अनुभवहरू
मानिसका पवित्र, कञ्चन मीठा सपनाहरू
छाल कहाँ एक्लै हुन्छ र ?
मसँग छन् म र मेरा
म एक्लैको बिशाल सृष्टि भण्डार
मेरा वरिपरी घुमिरहने रमणीय नित नुतन अदृष्य संसार
हिड्ने म, हिडिरहने म, हिडाउने म ; म कहाँ एक्लै छु र ?
म एक्लै एउटा सशक्त समूह, समुदाय, समाज
एउटा संस्था, पूर्ण विवेक, अन्तरमनको आवाज
सुन्दर भावना, सुन्दर रचना, सुन्दर जीवन कहाँ एक्लै हुन्छ र ?
हेइन, तिमी एक्लै देखिन्छौ...
हेला नि, हो नि , देखिनु र हुनुको फरक
ह्जारौँले घेरिएका जस्ता देखिनेहरू एक्लै छन्
अन्तरआत्मा मरेका तिनीहरू !
सृष्टिको सुन्दर धिपधिपे दियो बाल्न नछाड्ने म
एक्लो जस्तो देखिने म
छालजस्तै समुद्रले, शीतल बतासले, धरतीले घेरिएको म
म कहाँ एक्लै छु र ?
सुन्दर भाव, सुन्दर विचार, सुन्दर जीवन कहाँ एक्लै हुन्छ र ?
२०६८।९।१२, धरान
४५
मुस्कुराउँन सकूँ अन्तिम क्षणमा
मृत्युपश्चात मानिसहरू मलाई महान् सम्झेर
फूल, अबीर, माला र खादा पहिराउँदै मेरो तस्वीरलाई
श्रध्दासाथ मेरो तस्वीर अगाडि झुक्नेछन्— सम्झेर
बाँचिरहेको म अहिले मुस्कुराउँछु— मलाई
मृत्यु पछाडि चढाइने श्रध्दाञ्जलिको के अर्थ हुन्छ र ? मलाई
सम्झन्छु— अहिले म बाँचिरहेको बेला मुस्कुराउँनु चाहीँ महान् कुरो हो
कल्पिन्छु— अहिले म बाँचिरहेको बेला हृदय कञ्चन रहनु चाहीँ महान् कुरो हो ।
महान् कुरो नै के हो र ? महान् कुरा नै मैले के गरेँ र ?
सोधिरहेछु आफैलाई, सम्झना गरिरहेछु आफैलाई
मथिदेखि तलसम्म, तलदेखि माथिसम्म
जन्मदेखि मृत्युसम्म (भलै अहिले म मरिसकेको छुइन )
छिनामखुदेखि धरानसम्म, याङ्गटाङ्गदेखि कोशी माइसम्म
म कुनै पौडिने पौडिबाज होइन
म कुनै उड्ने कलाबाज होइन
तापनि एउटा जीवन पार गरिसकेको छु
एउटा अविरल शुक्ष्म कालखण्ड मानिसको— गुजारिसकेको छु
पुगेको छु— सबैले पुग्नैपर्ने एउटा अन्तिम किनारा
अन्तिम बिसौनी ! जसदेखि पर अर्को बिसौनी हुँदैन
जसदेखि पर अर्को यात्रा हुँदैन....सायद !?
सम्झनामा सजाइएका घुर्मैला धुनहरू
आज आफै बज्न दिऊँ, आफै फुक्न दिऊँ
मेरो बाजे करुवा काँटी ठोकिएको स्थानीय कडा जुत्ता लगाएर
ठक्...ठक्...ठक्...हिड्नु हुन्थ्यो
बिहान बिहानै चाहार्नुहुन्थ्यो गाउँ, पुग्नु हुन्थ्यो घरघर
एकानब्बे वर्ष बाँचेर परलोक हुनु भयो
तराइ नझर्नु भएको भए एक सय वर्ष बाँच्नु हुन्थ्यो कि !
मेरो बुबा छहत्तर वर्षमा परलोक हुनुभयो
आधुनिक सभ्यता वाहन चढन नचाहनु भएको भए
एकानब्बे वर्ष बाँच्नु हुन्थ्यो कि !
म कति बाँच्छु ? थाहा होला छिनामखु, थाङ्गटाङ्ग र धरानलाई
थाहा होला मिसावटयुक्त अर्धविषाक्त यो आधुनिक जमानालाई !?
बाँच्नु, कति बाँच्नु ? प्रमुख कुरा होइन रहेछ
अन्तिम क्षणसम्म सन्तोषसँग मुस्कुराउँन सक्नु महान् कुरा रहेछ
सोच्नोस त मैले के गरेँ ? के गरीनँ ?
मैले यो मानव सभ्यताको मरुभूमिमा एउटा कण थपिनँ ?
सोच्नोस त यो अन्तराल समयमा एउटा क्षण थपिनँ ?
हुन त म नै के हुँ र ? मनै त हो नि.....
समयको अन्तराल अवधिमा बितेर जाने एउटा निमेष क्षण
बिशाल जङ्गलमा झरेर जाने एउटा पुरानो पात
तापनि याङ्गटाङ्गहरूकै थोपाहरूले बनेको हुन्छ समुद्र
निमेषहरूकै जोडले बनेको हुन्छ अनन्त अन्तराल समय
पातहरूकै रङ्गले जेलिएको हुन्छ जङ्गलको हरियाली !
त्यसैले फेरि एक पटक— पहिलो र अन्तिम पटक
खेलाएर–केलाएर हेरौँ यो बृक्षजस्तो जिन्दगीलाई
यति थाकेको, पाकेको, बहकिएको यो मन, जीवनलाई
मर्न त पर्छ नै सबैले, तर
मर्नेबेला पश्चात्तापको आँसु नहोस् आँखामा
आँसु आयो नै भने पखालिदेऊ थाङ्गटाङ्ग तिम्रो पानीमा
किनकि तिमी सधैं रहनेछौ र गुनगुनाइरहने छौ
सत्य, विवेक, स्वाभिमान, माया, जिन्दगी र धरतीका गीतहरूमा
बिर्साइदेऊ, विलिन गराइदेऊ मलाई ती तिम्रा गीतका धुनहरूमा
जीवनको अन्तिम बेलामा मुस्कुराउँन नसकेर— सम्झेर जीवन आँखामा
आँसु नै आयोभने पनि पखालिदेऊ याङ्गटाङ्ग तिम्रो पानीमा ! तिम्रो कञ्चन पानीमा !
शब्दार्थ
छिनामखु=
भोजपुर जिल्लाको एउटा गाउँ, मेरो प्यारो जन्म गाउँ ; याङ्टाड्= दिल्पा र
छिनामखु गाउँहरुको बिचको खोला ; याड (बान्तावा भाषा)= रुपिया ; टाङ
(बान्तावा भाषा)=बोट
लक्ष्मीसडकका कविता (चौधौं सङ्कलन–२०६८)
सरण राईका कविताहरूको विश्लेषण
—किरण पराजुली
सरण
राईले विभिन्न विषयवस्त’लाई आधार बनाएर कविताहरू रचना गरेका छन् . सरण
राईका कविताहरूमा राष्ट्रियता, मानवता र स्वतन्त्रताका स्वरहरू म’ख्य
रूपमा ध्वनित ह’न्छन् भने अर्कोतिर राजनैतिक विकृति र विसङ्गतिहरूलाई
प्रकाशमा ल्याइएको पाइन्छ . उनका कवितामा नैतिक आध्यात्मिक चिन्तनहरू पनि
पाइन्छन् . उनको ‘हामी लहर हौ“’ कविता देशभक्तिको भावनाले ओतप्रोत भएको
कविता हो . यस कवितामा राष्ट्रप्रेमलाई नै म’ख्य विषयवस्त’ बनाइएको छ ≤
जस्तैः हामी मानवताको गीत गाउ“छौ“
मेची हाम्रो हो अनि महाकाली
स’स्ता हाम्रो हो
हाम्रो हो लाखौं सहिदहरूको रगतले रङ्गिएको देश
यस्ता पङ्क्तिहरूमा देशप्रेमका भावना ओतप्रोत भएको पाइन्छ .
राईको
अर्को कविता ‘कसिएको म’ठ्ठी हाम्रो हो’ वीरताप“र्ण भावहरूले भरिएको कविता
हो . यस कवितामा राईले नेपालीहरू वीर छन् भन्ने क’रालाई विषयवस्त’का रूपमा
अगाढि सारेका छन् ≤
जस्तैः भा“चिएको पाखुरा हाम्रो होइन
कसिएको मुठ्ठी हाम्रो हो
अनि
पानी जस्ता पातला प“र्व कथाहरू हाम्रा होइनन्
रगतले रङ्गिएको बाक्लो इतिहास हाम्रो हो .
यस कवितामा राईले यस्ता पङ्क्तिहरूको प्रयोगद्वारा नेपालीहरूको वीरताको कथालाई म“लतः विषयवस्त’ बनाएको पाइएको छ .
कवि
राईको ‘मानिस’ शीर्षकको कवितामा आजको मान्छेको यथार्थ जीवनभोगाइलाई म“लतः
विषयवस्त’ बनाइएको पाइन्छ . यस कवितामा आजको मानिस मानिसहरूको भेलमा
बगिरहेको, मानिसहरूको मेलामा हराइरहेका, प्रेम, माया, मोहमा फसेको छ र
माक’राझै“ स्वार्थी ह’न पनि बाध्य रहेको छ . यी र यस्ता यावत् क’राहरूलाई
कविले यस कवितामा विषयवस्त’को रूपमा प्रस्त’त गरेको देखिन्छ .
कवि सरण
राईको ‘राजनीति’ शर्षिकको कविता राजनैतिक विषयवस्त’स“ग सम्बन्धित कविता हो .
यस कवितामा कविले राजनीतिका सत् र असत् पक्षलाई विषयवस्त’को रूपमा
प्रस्त’त गरेका छन् र हामीहरू राजनीतिको नाममा रिमोटकन्ट्रोलद्वारा
सञ्चालित भएका र फोहोरी राजनीतिमा लागेका छौ“ भन्दै राजनीति स्वच्छ, कञ्चन,
अडिक, निष्कपट, स्वार्थरहित, तरल र सबल ह’न’पर्छ भन्ने भाव व्यक्त गरेको
पाइन्छ ≤
जस्तैः टाउका टाउकामा टेकेर भ¥याङ उक्लन सक्न’
आदर्श र सिद्धान्तको मक’न्डो भिरेर
अवसरवादको भक’न्डो खेल्न सक्न’.
.......................
फोहोरी राजनीति हो— राजनीति .
.................................
हिमालझै“ स्वच्छ, कञ्चन र अडिग
निष्कपट, स्वार्थरहित, तरल तर सबल
..................
प्रिय राजनीति हो— राजनीति
कवि
सरण राईको ‘देशको म’ट’’ कविता देशप्रेमलाई म’ख्यरूपमा विषयवस्त’ बनाइएको
कविता हो . यस कवितामा देशलाई खोक्रो बनाउने, ट’क्रा बनाउने र च’स्नेहरूको
वि?द्ध देशभक्तहरू एक भएर आवाज उठाउ“छन् भन्ने क’रालाई विषयवस्त’को रूपमा
प्रस्त’त गरेको देखिन्छ .
कवि सरण राईको ‘एउटा देशको कथा’शीर्षकको
कविता देशप्रेमको भावनाले ओतप्रोत भएको कविता हो . यस कवितामा एउटा देशको
जनतालाई आक्रमणकारीहरूले आक्रमण गरेर लखेटे पनि उनीहरूमा देशप्रेम
रहिरहेको क’रा ≤ विषयवस्त’को रूपमा प्रस्त’त गरेका छन् ≤
जस्तैः आÏनो देशबाट अर्को देशमा लखेटिदै शरणार्थी भए
अकल्पनीय द’ःख, यातना, अत्याचारहरू सहदै गए
तापनि
त्यस देशका देशवासीहरूको हृदयमा
उनीहरूको देश हराएन
यसरी यस कवितामा देशप्रेमलाई नै म“लतः विषयवस्त’ बनाइएको देखिन्छ .
‘तिमी
र म’ शीर्षकको राईको अर्को कविता राजनीतिस“ग सम्बन्धित विषयवस्त’ प्रस्त’त
गरिएको कविता हो . यस कवितामा ‘तिमी’ पात्रले भ्रमको खेती गरेर माथि
प’गेको र ‘म’ पात्र चाहि“ सधै“ जनताका निमित्त माटामै सङ्घर्ष गरिरहने
क’रालाई विषयवस्त’को रूपमा प्रस्त’त गरेका छन् .
कवि राईको कविता‘लिएर
जाने के होला ?’ जीवनसत्यलाई ििवषयवस्त’ बनाएर लेखिएको कविता हो . राईले यस
कवितामा मान्छे जन्म“दा केही नलिई जन्मने र मर्दा पनि केही नलाने क’रालाई
विषयवस्त’को रूपमा रोचक ढङ्गले प्रस्त’त गर्ने प्रयास गरेका छन् ≤
जस्तैः के लिएर आएको थिए“
लिएर जान’पर्ने के होला
लिएर जान सकिने के होला
सबथोक यही“ थियो
मेरो हो भन्ने भ्रम पालियो
साथी
अझै मलाई भ्रान्ति छ
आखिर, लिएर जाने के होला ?
सरण
राईको ‘प्रस्तावित राष्ट्रिय गान’ मा देशभक्तिप“र्ण भावनाहरू प्रस्त’त
भएका देखिन्छन् . यस कवितामा देशभक्तिको भावना नै म’ख्य विषयवस्त’का रूपमा
रहेको देखिन्छ .
कविताको म’ख्य तŒव भाव हो ज’न भावबिना कविताको कल्पना
पनि गर्न सकिन्न . राईका प्रत्येक कविताहरूमा क’नै न क’नै भाव रहेको पाइन्छ
. राईको ‘हामी लहर हौ“’ कवितामा नेपालीहरू देशभक्त रहेका छन् भन्ने विचार
तथा देशका लागि मर्न पनि तयार छन् जस्ता विषयहरू प्रकाश गरिएका छन् ≤
जस्तैः श्रद्धा म’ट’भित्र
नेपाल हाम्रो प’ण्यभ“मि हो
प्राण हाम्रो प’ण्यभ“मिमा चढाइने प“mल
यसरी यस कवितामा देशभक्तिको भावना प्रस्त’त गनर्’ नै यस कविताको म’ख्य भाव रहेको देखिन्छ .
‘कसिएको
म’ठ्ठी हाम्रो हो’ कवितामा कविले नेपालीहरू बहाद’र छन् भन्ने क’रा देखाउन
खोजेको पाइएको छ . यसमा नेपालीहरू आÏनो देशका लागि इतिहासदेखि लड्दै आएका र
भविष्यसम्म लडिरहने क्षमताका धनी छन् भन्ने करा म’ख्य भावको रूपमा देखाउन
खोजिएको देखिन्छ .
‘देशको म’ट’’ कवितामा कवि राईले आज देश ट’क्राट’क्रा
भएको छ भन्दै देशमा रहेका क’शासकहरूले देशलाई च’सेर खोक्रो बनाएका छन्
भन्दै जनतालाई द’ःख दिएका विषयहरू एकदिन सबै नेपालीहरू एकभई राष्ट्रको
उन्नति र प्रगति गर्ने क’रामा एक दृष्टि लगाएको पाइन्छ ≤
सरण
राईको ‘मृत्य’ बाटाभरि प’mलिरहने ह’न्छ’ नामक कवितामा मृत्य’को आगमन बारेमा
स’न्दर बहस गरेका छन ≤ पर्खिएर बस्दाबस्दै मृत्य’ आउने छ भनेका छन ≤
जस्तैः पथिक, नझ’क मृत्य’ टिप्न यात्रामा
नरोकिर्इं बढिरह“ अगाडि जीवन पथमा
किनकि मृत्य’ तिम्रालागि बाटाभरि सधैं प’mलिरहने ह’न्छ .
सरण
राईका कविताहरूमा विशेष गरी तल्लोवर्गका र विभिन्न कारणबाट शोषित पीडित
मानिसहरूप्रति विशेष सहान’भ“ति प्रकट गर्दै उनीहरूलाई जाग?क गराउने प्रयास
गरिएको पाइन्छ .
लयविधानका आधारमा राईका कविताहरू हेर्दा उनका कविता
म“लतः म’क्तलयमा रचिएका पाइन्छन् . राईका प्रायः सबै कविताहरू देशप्रेमको
भावनाले ओतप्रोत भएका पाइन्छन् . उनका कविताहरू वीररसले भरिएका ओजग’णय’क्त
पनि देखिन्छन् . देशप्रेम, मानवतावाद, स्वतन्त्रता, समानता र भ्रातृत्व
उनका कवितामा पाइने ध्वनि रहेको देखिन्छ . शीर्षकीकरणका आधारमा हेर्दा
राईका सबै कविताका शीर्षकहरू अभिधेयात्मक रूपमा आएका देखिन्छन् . उनको
‘लिएर जाने के होला ?’ कविताको शीर्षक प्रश्नात्मक रूपमा चयन गरिएको
देखिएको छ . कथनपद्धतिका आधारमा राईका कविताहरू हेर्दा प्रथमप’?ष कथनपद्धति
र तृतीयप’?ष कथनपद्धति द’वैको प्रयोग गरिएको पाइन्छ .
यी कविताको
आधारमा राईका कवितामा भाव अहिलेको मानवचेतना र समयस“गको नजिक रहने निरीक्षण
क्षमताको उपलब्धि सम्प्रेषण गनर्’ हो . यी रचनामा समयका आधारमा मानवले
भोगेको कष्ट र सांसारिक व्यस्ततामाथि राईले टीठलाग्दो व्यङ्ग गरेका छन् .
सरण राईको जीवनी, व्यक्तित्व र कृतित्व— एक अध्ययन
अप्रकाशित
(त्रिभ’वन विश्वविद्यालय, मानविकी र सामाजिकशास्त्र सङ्कायअन्तर्गत
महेन्द्र वह’म’खी क्याम्पस धरान, नेपाली विभागको स्नातकोत्तर तह दोस्रो
वर्षको दसौ“ पत्रको प्रयोजनार्थ प्रस्त’त शोधपत्र) बाट
सरण राईको परिचय
नाम ः सरण राई पुरा नाम ः सरण कुमार राई बान्तावा रूपाबुङ, (सामेत–छाङछावा), सेवा निवृत सह प्राध्यापक (त्रि. वि.) एवं साहित्यकार
जन्म स्थान ः छिनामखु, भोजपुर, (हाल–टेम्केमैयु गाउँपालिका)
जन्म मिती ः २००४ चैत २४, सोमबार (इश्वी सन १९४८अप्रिल ५) तिथी ११
शिक्षा ः एम.ए. (अर्थशास्र)
ठेगाना ः १९÷१३९, धनकुटेरोड, धरान, प्रदेश नं. १, नेपाल
पत्नी
ः स्व.लक्ष्मी राई चामलिङ हमराछा, जन्म–२०१० असार २९, आइतबार (इश्वी सन
१९५३ जुलाई १२) तिथी १, जन्मस्थान– खार्ताम्छा, दिक्तेल, विवाह–२०३४
फागुण २२, स्वार्गरोहण– २०७५ मङ्सिर २५, मङ्गलबार, (सुमेरु अस्पताल,
धापाखेल,ललितपुर) सामेत–सिवीली, पितामाता–स्व.कटकबहादुर राई र स्व.
रानीमाया राई बाजे– स्व.गजुरमान राई भाईबुहारी– स्व.लोकराज राई र
सप्तलछी राई, मुलुकराज राई र कुमारी राई, कमलराज राई र सञ्जिता राई बहिनी—
दुर्गा राई
माता पिता ः शिवमाया राई बान्तावा रुछेनबुङ र
स्व.मछिन्द्रबहादुर राई (जन्म ः बि.सं. १९८१–३–१६–७ , छिनामखु, भोजपुर,
मृत्यु ः २०५७–३–३–७, सिलगुढी, दार्जिलिङ ÷ पल्टनको नाम र नम्बर —
तिलकबिक्रम राई, ९०४८२, इश्वी सन १९४१ डिसेम्बर २५ देखि १९४७)
बाजे बोजु ः स्व. ह. कुलमर्दन राई र स्व.कृष्णकुमारी राई
परिवार ः
छोरा
बुहारी– शैलेश राई र अन्जना राई चामलिङ मुल्याछा, सायन राई र कौशीला राई
गुरुङ, सृजनसरण राई, नातिनातिनी– सामना राई, साञ्जिना राई, सच्चेन्द्र राई,
शुभेन्द्र राई, सेलिन राई, बहिनी ज्वाई– शुदेशा राई बोहोरा र देबेन्द्र
बोहोरा, बिजयालक्ष्मी राई गुरुङ र शिवकुमार गुरुङ, भान्जाभान्जी र ज्वाई–
अनु बोहोरा डि.सी. र बीरेन्द्र डि.सी, इन्दिरा बोहोरा, डा.दिवशराज बोहोरा र
अस्मिता बोहोरा, अमृत गुरुङ र सम्झना राई गुरुङ, सुबिधा गुरुङ.
नोकरीः
(१)प्रधानाध्यापक–त्रिभुवन धर्मोदय नि.मा.विद्यालय, छिनामखु, भोजपुर(२०२६)
(२) प्रधानाध्यापक–अरनिको नि.मा.विद्यालय, राजघाट, मोरङ(२०२७)
(३)अनुसन्धान सहायक–आर्थिक विकास तथा प्रशासन केन्द्र, कीर्तिपुर (२०३०–२०३१)
(४)सह प्रध्यापक– त्रिभुवन विश्वविद्यालय (२०३१–२०६४)
राजनैतिक संलग्नताः
(१) केन्द्रीय सदस्य–अ.ने.रा.स्व.वि.यु.(२०२६–२०२८)
(२) सभापति– नेपाल प्राध्यापक संघ, महेन्द्र वहुमुखी क्याम्पस एकाइ समिति, धरान (२०४२–२०४३)
(३) केन्द्रीय सदस्य– नेपाल प्राध्यापक संघ, (२०४४–२०४५)
(४) जिल्ला समिति सदस्य–ने.क.पा.(माक्र्सवादी) सुनसरी जिल्ला समिति (२०४७)
(५) राष्ट्रिय पार्षद– ने.क.पा.(माले) (२०५६–२०५९)
(६) सचिव– ने.क.पा.(माले) जिल्ला समिति (२०५८)
(७) सदस्य– ने.क.पा.(एमाले) जिल्ला समिति (२०५८–२०६२)
(८) सदस्य– ने.क.पा.(एमाले) अञ्चल सल्लाकार समिति, कोशी(२०६३–२०६९)
(९) केन्द्रीय सल्लाकार सदस्य– संघिय समाजवादी फोरम (२०७०– २०७५ )
सामाजिक संघ सस्थामा संलग्नताः
(१)सचिव– प्रगतिशील लेखक संघ सुनसरी जिल्ला समिति, (२०२४–२०२६)
(२)सदस्य–नेपाल चेस्ट क्लिनिक (२०३४)
(३)अध्यक्ष– जनहित युवा वमात (२०३७–२०३९)
(४)सचिव– नेपाल जनजाति उत्थन मञ्च (२०४६–२०४८)
(५ अध्यक्ष – नेपाल जनजाति उत्थान मञ्च (२०४८–२०६०)
(६) केन्द्रीय सदस्य– किरात राई यायोक्खा (२०४९–२०५२)
(७) केन्द्रीय सदस्य–नेपाल आदिवासी जनजाति महासंघ (२०५०–२०५२)
(८)उपाध्यक्ष–सुनसरी जिल्ला समिति, नेपाल बुद्धिजिवी परिषद (२०५४–२०५४)
(९)सदस्य– साहित्य अनुसन्धान परिषल–नेपाल (२०५८– हालसम्म)
(१०)सदस्य–छनोट समिति, बि.पी.स्वास्थ विज्ञान प्रतिस्ठान (२०६१–२०६३)
(११) केन्द्रीय उपाध्यक्ष–नेपाल लोकतान्त्रिक किरात राई संघ (२०६४–२०६६)
(१२) अध्यक्ष –कञ्चनजङ्घा इन्स्टीच्युट अफ हेल्थ साइन्सेज (२०६५–२०६९)
(१३) अध्यक्ष –बिहानी प्रकाशन सहकारी संस्था लि.(२०६४–२०६९)
(१४) केन्द्रयि अध्यक्ष– किरात बान्तावा (राई) भाषा तथा संस्कृति उत्थान प्रतिस्ठान ( किरात राई बान्तावा खिम)(२०६९–२०७४)
प्रकाशित पुस्तकहरू –
१.केही कथा केही कविता (सहलेखनं)२०३९
२.साथी (निबन्ध सङ्ग्रह)२०६४
३.मानव संसार (उपन्यास) २०६५
४.अन्तिम स्वीकारोक्ति (कथा सङ्ग्रह ) २०६६, (साझा प्रकाशनबाट प्रकाशित)
५.ओइलिने फूल (कविता सङ्ग्रह ) २०७०
६.उडान युवा मनको (इन्टरनेटमा मात्र प्रकाशित पहिलो नेपाली उपन्यास– इन्टरनेटमा नै एक लाखभन्दा बढि मानिसहरूले हेरिसकेको )
जततउस्ररकबचबल(चबष्।दयिनकउयत।अयmर
७.अन्तिम आयाम (कथा सङ्ग्रह), २०७४, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)
८. नौरङ्गी (लघुकथा सङ्ग्रह) २०७६, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)
९.फुली (कथा सङ्ग्रह), २०७७, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)
१०.. नौरङ्गी –२ ः फुली (१०२लघुकथा सङ्ग्रह) २०७८
११.बाटाभरि फुलिरहने मृत्यु
पुरस्कारः—
१.राष्ट्रिय शिक्षा पुरस्कार (२०४७)
२. त्रि.वि. दिर्घ सेवा पदक (२०५८)
३. भानु रचना पुरस्कार—२०७१ (भानु वर्ष ५१, अङ्क १७८ मा प्रकाशित कथा ‘आमाको मन’ का लागि)
४.बबरसिंह थापा स्मृति सम्मान (२०७७)
सम्मान अभिनन्दन
१ं नेपाल प्राध्यापक संघ, महेन्द्र ब। क्याम्पस एकाइ समिति, धरान (२०६३ं)
२. त्रि.वि. प्राध्यापक संघ, महेन्द्र ब. क्याम्पस, एकाइ समिति, धरान (२०६४)
३.कवि बिमल गुरुङ स्मृति पुस्तकालय (२०६६)
४. नेपाल बुद्धिजीवी परिषद, सुनसरी (२०६६)
५.नेपाल प्रगतिशील प्राध्यापक संघ, पूर्वाञ्चल (२०६६)
६.सुनसरी साहित्य परिषद (२०६७)
७. लक्ष्मी वाचनालय, धरान (२०६८)
८.जनसाहित्यिक मञ्च, नेपाल (२०६८)
९.किरात राई पत्रकार संघ, सुनसरी जिल्ला समिति (२०६८)
१०.प्रबोध, मासिक पत्रिका (२०६८)
११.प्रगतिशील लेखक संघ नेपाल, सुनसरी शाखा (२०६९)
१२.पीण्डेश्वर बिद्यापीठ, धरान (२०६९)
१३. श्यामराज दुब्देङहाङ्ग राई स्मृति प्रतिष्ठान, किरात व्याक्तित्व सम्मान (२०६९)
१४. समिट उच्च मा. वि., धरान (२०७०)
१५.धरान साहित्य महोत्सव समारोह समिति ( २०७१)
१६. कवि शिरोमणि साहित्य–साधना समाज, धरान (२०७१)
भ्mबष्(ि( चबष्कबचबलछण्२नmबष्।िअयm
फोन नं. –९७७ २५ ५२०७४२
मोबाइल–ं९७७ ९८४२०५५२६२
सरण राईको परिचय
नाम ः सरण राई
पुरा नाम ः सरण कुमार राई बान्तावा रूपाबुङ, (सामेत–छाङछावा), सेवा निवृत सह प्राध्यापक (त्रि. वि.) एवं साहित्यकार
जन्म स्थान ः छिनामखु, भोजपुर, (हाल–टेम्केमैयु गाउँपालिका)
जन्म मिती ः २००४ चैत २४, सोमबार (इश्वी सन १९४८अप्रिल ५) तिथी ११
शिक्षा ः एम.ए. (अर्थशास्र)
ठेगाना ः १९÷१३९, धनकुटेरोड, धरान, प्रदेश नं. १, नेपाल
पत्नी
ः स्व.लक्ष्मी राई चामलिङ हमराछा, जन्म–२०१० असार २९, आइतबार ( इश्वी
सन १९५३ जुलाई १२) तिथी १, जन्मस्थान– खार्ताम्छा, दिक्तेल, विवाह–२०३४
फागुण २२, स्वार्गरोहण– २०७५ मङ्सिर २५, मङ्गलबार, (सुमेरु अस्पताल,
धापाखेल,ललितपुर) सामेत–सिवीली, पितामाता–स्व.कटकबहादुर राई र स्व.
रानीमाया राई बाजे– स्व.गजुरमान राई भाईबुहारी– स्व.लोकराज राई र सप्तलछी
राई, मुलुकराज राई र कुमारी राई, कमलराज राई र सञ्जिता राई बहिनी–दुर्गा
राई
माता पिता ः शिवमाया राई बान्तावा रुछेनबुङ र स्व.मछिन्द्रबहादुर राई
बाजे बोजु ः स्व. ह.कुलमर्दन राई र स्व.कृष्णकुमारी राई
परिवार ः
छोरा बुहारी– शैलेश राई र अन्जना राई चामलिङ मुल्याछा, सायन राई र कौशीला राई गुरुङ, सृजनसरण राई
नातिनातिनी– सामना राई, साञ्जिना राई, सच्चेन्द्र राई, शुभेन्द्र राई, सेलिन राई
बहिनी ज्वाई– शुदेशा राई बोहोरा र देबेन्द्र बोहोरा, बिजयालक्ष्मी राई गुरुङ र शिवकुमार गुरुङ,
भान्जाभान्जी,
भान्जाबुहारी र भान्जीज्वाई– अनु बोहोरा डि.सी. र बीरेन्द्र डि.सी,
इन्दिरा बोहोरा, डा.दिवशराज बोहोरा र अस्मिता बोहोरा, अमृत गुरुङ र सम्झना
राई गुरुङ, सुबिधा गुरुङ.
नोकरीः
(१)प्रधानाध्यापक–त्रिभुवन धर्मोदय नि.मा.विद्यालय, छिनामखु, भोजपुर(२०२६)
(२) प्रधानाध्यापक–अरनिको नि.मा.विद्यालय, राजघाट, मोरङ(२०२७)
(३)अनुसन्धान सहायक–आर्थिक विकास तथा प्रशासन केन्द्र, कीर्तिपुर (२०३०–२०३१)
(४)सह प्रध्यापक– त्रिभुवन विश्वविद्यालय (२०३१–२०६४)
राजनैतिक संलग्नताः
(१) केन्द्रीय सदस्य–अ.ने.रा.स्व.वि.यु.(२०२६–२०२८)
(२) सभापति– नेपाल प्राध्यापक संघ, महेन्द्र वहुमुखी क्याम्पस एकाइ समिति, धरान (२०४२–२०४३)
(३) केन्द्रीय सदस्य– नेपाल प्राध्यापक संघ, (२०४४–२०४५)
(४) जिल्ला समिति सदस्य–ने.क.पा.(माक्र्सवादी) सुनसरी जिल्ला समिति (२०४७)
(५) राष्ट्रिय पार्षद– ने.क.पा.(माले) (२०५६–२०५९)
(६) सचिव– ने.क.पा.(माले) जिल्ला समिति (२०५८)
(७) सदस्य– ने.क.पा.(एमाले) जिल्ला समिति (२०५९–२०६२)
(८) सदस्य– ने.क.पा.(एमाले) अञ्चल सल्लाकार समिति, कोशी(२०६३–२०६९)
(९) केन्द्रीय सल्लाहकार समिति, सदस्य– संघिय समाजवादी फोरम (२०७०– २०७५ )
(१०) हाल– अवकाशप्राप्त स्वतन्त्र जीवन (२०७६देखि )
सामाजिक संघ सस्थामा संलग्नताः
(१)सचिव– प्रगतिशील लेखक संघ सुनसरी जिल्ला समिति, (२०२४–२०२६)
(२)सदस्य–नेपाल चेस्ट क्लिनिक (२०३४)
(३)अध्यक्ष– जनहित युवा वमात (२०३७–२०३९)
(४)सचिव– नेपाल जनजाति उत्थान मञ्च (२०४६–२०४८)
(५ अध्यक्ष – नेपाल जनजाति उत्थान मञ्च (२०४८–२०६०)
(६) केन्द्रीय सदस्य– किरात राई यायोक्खा (२०४९–२०५२)
(७) केन्द्रीय सदस्य–नेपाल आदिवासी जनजाति महासंघ (२०५०–२०५२)
(८)उपाध्यक्ष–सुनसरी जिल्ला समिति, नेपाल बुद्धिजिवी परिषद (२०५४–२०५४)
(९)सदस्य– साहित्य अनुसन्धान परिषल–नेपाल (२०५८– हालसम्म)
(१०)सदस्य–छनोट समिति, बि.पी.कोइराला स्वास्थ विज्ञान प्रतिस्ठान (२०६१–२०६३)
(११) केन्द्रीय उपाध्यक्ष–नेपाल लोकतान्त्रिक किरात राई संघ (२०६४–२०६६)
(१२)संस्थापक अध्यक्ष –कञ्चनजङ्घा इन्स्टीच्युट अफ हेल्थ साइन्सेज (२०६५–२०६९)
(१३) अध्यक्ष –बिहानी प्रकाशन सहकारी संस्था लि.(२०६४–२०६९)
(१४) केन्द्रयि अध्यक्ष– किरात बान्तावा (राई) भाषा तथा संस्कृति उत्थान प्रतिस्ठान ( किरात राई बान्तावा खिम)(२०६९–२०७४)
प्रकाशित पुस्तकहरू –
१.केही कथा केही कविता (सहलेखनं)२०३९
२.साथी (निबन्ध सङ्ग्रह)२०६४
३.मानव संसार (उपन्यास) २०६५
४.अन्तिम स्वीकारोक्ति (कथा सङ्ग्रह ) २०६६, (साझा प्रकाशनबाट प्रकाशित)
५.ओइलिने फूल (कविता सङ्ग्रह ) २०७०
६.उडान युवा मनको (इन्टरनेटमा मात्र प्रकाशित पहिलो नेपाली उपन्यास– इन्टरनेटमा नै एक लाखभन्दा बढि मानिसहरूले हेरिसकेको )
जततउस्ररकबचबल(चबष्।दयिनकउयत।अयmर
७.अन्तिम आयाम (कथा सङ्ग्रह), २०७४, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)
८. नौरङ्गी (लघुकथा सङ्ग्रह) २०७५, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)
९. फुली (कथा सङ्ग्रह), २०७७, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५
पुरस्कारः—
१.राष्ट्रिय शिक्षा पुरस्कार (२०४७)
२. त्रि.वि. दिर्घ सेवा पदक (२०५८)
३. भानु रचना पुरस्कार—२०७१ (भानु वर्ष ५१, अङ्क १७८ मा प्रकाशित कथा ‘आमाको मन’ का लागि)
४.बबरसिंह थापा स्मृति सम्मान (२०७७)
सम्मान अभिनन्दन
१ं नेपाल प्राध्यापक संघ, महेन्द्र ब. क्याम्पस एकाइ समिति, धरान (२०६३ं)
२. त्रि.वि. प्राध्यापक संघ, महेन्द्र ब. क्याम्पस, एकाइ समिति, धरान (२०६४)
३.कवि बिमल गुरुङ स्मृति पुस्तकालय (२०६६)
४. नेपाल बुद्धिजीवी परिषद, सुनसरी (२०६६)
५.नेपाल प्रगतिशील प्राध्यापक संघ, पूर्वाञ्चल (२०६६)
६.सुनसरी साहित्य परिषद (२०६७)
७. लक्ष्मी वाचनालय, धरान (२०६८)
८.जनसाहित्यिक मञ्च, नेपाल (२०६८)
९.किरात राई पत्रकार संघ, सुनसरी जिल्ला समिति (२०६८)
१०.प्रबोध, मासिक पत्रिका (२०६८)
११.प्रगतिशील लेखक संघ नेपाल, सुनसरी शाखा (२०६९)
१२.पीण्डेश्वर बिद्यापीठ, धरान (२०६९)
१३. श्यामराज दुब्देङहाङ्ग राई स्मृति प्रतिष्ठान, किरात व्याक्तित्व सम्मान (२०६९)
१४. समिट उच्च मा. वि., धरान (२०७०)
१५.धरान साहित्य महोत्सव समारोह समिति ( २०७१)
१६. कवि शिरोमणि साहित्य–साधना समाज, धरान (२०७१)
भ्mबष्(ि( चबष्कबचबलछण्२नmबष्।िअयm
फोन नं. –९७७ २५ ५२०७४२
मोबाइल–ं९७७ ९८४२०५५२६२
Popular posts from this blog
- Get link
- X
- Other Apps
Comments